गोलबजारमा खानेपानीको समस्या भएपछि डा यादवले गराए ध्यानाकर्षण

सिरहा । सिरहाको गोलबजार नगरपालिका– ३ दमारका स्थानीयले विगत लामो समयदेखि खानेपानीको समस्या भोग्दै आइरहेका छ्न् । खानेपानी समस्या भएपछि सो समस्या सामाधानका लागि सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक डाक्टर जय नारायण यादवले गोलबजार नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गोलबजार नगरपालिका– ३ दमारमा खानेपानीको चरम अभाव र पीडा खेपिरहेका २८ घरधुरीमा खानेपानी समस्या समाधानको लागि स्थानीय सरकारलाई गम्भीरताका लागि डाक्टर यादवले ध्यानाकर्षण पत्र बुझाउँदै उनले पूर्व–पश्चिम राजमार्गको वरिपरि रहेको गोलबजार नगरपालिका भित्र २१औँ शताब्दीमा खानेपानीको चरम अभाव स्थानीय जनताले विगत लामो समयदेखि भोग्दै आए पनि हालसम्म स्थानीय सरकारको नजर उक्त ठाउँमा नपुग्नु लज्जितको विषय भएको बताए ।

स्थानीय दमारवासीले हालसम्म कुनै पनि पार्टी संगठन गाउँमा आएर आफूहरुको समस्याप्रति वास्ता नगरेको बताउँछ्न् । स्थानीयले डा यादवले आफूहरुको समस्यालाई निकायसम्म पुर्याएर ठूलो काम गरेको बताउँदै वनी जस्तो व्यक्तित्वको खाचो गोलबजार नगरपालिकामा रहेको बताएका छन् ।

डा यादवले फागुन ७ गते दमार बस्तीमा स्थलगत अनुगमन गरेर उक्त ठाउँको खानेपानी समस्याको उठान गर्दै वाडाध्यक्षलाई तत्काल जानकारी गराएका थिए । डा यादव समसामयिक विषयप्रति आफ्ना गम्भीर ध्यानाकर्षण गर्दै टोल बस्ती अभियानमा लागेका छन् ।

आफ्नो अभियानको पहिलो दिन गोलबजार नगरपालिका–३ दमार बस्तीको स्थलगत अनुगमन गर्दै आम जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानीको बारेमा विवरणहरू संकलन गरेका थिए ।

करिब २८ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको चरम अभाव रहेको अवस्थामा उक्त ठाउँमा भएको खानेपानीको श्रोतहरु फागुन महिनामा सुक्दा घण्टौँ हिँडेर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । सोही विषयलाई मध्यनजर गरेर डा. यादवले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रतिक्रिया