गरिमा क्यापिटलको सितैको योजना

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सक्ने योजना ल्याएकोे छ । यस योजनाअन्तर्गत सम्पूर्ण नागरिकले २०८१ साल असार मसान्त सम्म ‘सित्तैमा’ डिम्याट र मेरोसेयर खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।

ग्राहकले यो सुविधा कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालय र गरिमा विकास बैंकको देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयबाट लिन सकिने छ । गरिमा क्यापिटलको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया