एक्साइडको स्टार र म्याजिक इन्भर्टर बजारमा

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुई वटा इन्भर्टर एक कार्यक्रमकाबीच एकैसाथ सार्वजनिक गरिएको हो । एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुई वटा अप्सनमा चार्ज गर्न सकिन्छ । यसमा एलइडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सनलगायतका रहेको छ ।

यसैगरी एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रीमली लो हार्मोनिज, कलरफुल एलइडी इन्टरफेस, दुइवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसन लगायतका बिशेषतहरु रहेका छन् ।

एक्साइड इन्भर्टर सार्वजनिक कार्यक्रममा सिप्रदी टे«डिङ प्रालि, एक्साइड इन्डस्ट्रिजका प्रतिनिधि र एक्साइडका नेपालभरी रहेका डिलरको उपस्थिती रहेको थियो । कार्यक्रममा सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विगत लामो समयदेखी पावर व्याकअप सेवा दिदै आइरहेकोमा नयाँ इन्भर्टरहरुले आगामी दिनमा नयाँ उचाई र आयाम छुनेमा विश्वस्त रहेको बताए ।

एक्साइड इन्डियाका कार्यकारी उपाध्यक्ष मुकुल कन्डवालले एक्साइड स्टार र एक्साइड म्याजिक नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताएका थिए । यो इन्भर्टरले नेपाली बजारमा पावर व्याकअपको रेञ्ज पुरा भएको जनाएको छ ।

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया