मूल्याकंनमा छविसपाथिभेरा गाँउपालिका सूदुरपश्चिम प्रदेशमा उत्कृष्ट

बझाङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार छबिसपाथिभेरा गाउँपालिका सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट बनेको छ ।

वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार छबिसपाथिभेरा गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा ४६.८१ अंक प्राप्त गरेर सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट बनेको गाँउपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेले बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ बमोजिम कार्यसम्पादन मूल्यांकन का १६ वटा सूचकहरु राखिएका थिए ।

प्रतिक्रिया