फिदिममा प्याब्सनको खेल तथा विभिन्न विधामा प्रतियोगिता सुरु

तस्विर : डेबिड ओझा

पाँचथर । फिदिम माविको खेल मैदानमा नगरस्तरीय प्याब्सनको खेलकुदसहित विभिन्न विधाको प्रतियोगिता सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ९ विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको कोशी प्रदेश सांसद मैया श्रेष्ठ लावतीले उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा विद्याबरदान बोर्डिङ स्कुल र निलकण्ठ स्कुलले मार्चपास प्रस्तुत गरेका थिए । प्याब्सनको प्रतियोगितामा विद्याबरदान बोर्डिङ स्कुल, नयाँ नमुना मावि , निलकण्ठ बोर्डिङ स्कुल, बालकिरण बोर्डिङ स्कुल लगायत ९ विद्यालय सहभागी भएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा भलिबल, सटफुट, वक्तित्वकला, हाजिरीजवाफ, चित्र कलाहरु, नृत्य, रनिङ लगायत विभिन्न २३ विधामा प्रतियोगिता हुने विद्याबरदान स्कुलका व्यवस्थापक तथा शिक्षक अनुज भट्टराईले जानकारी दिए ।

उद्घाटन समारोहमा नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, उप–प्रमुख राधाकृष्ण न्यौपाने, वडाध्यक्षहरु, कार्यालय प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, बालबालिका, अभिभावकलगायत सहभागीहरुले शुभकामना व्यक्त गरे । उक्त कार्यक्रम बार्षिककार्य योजना अनुसार गरिएको प्याब्सनले जनाएको छ ।

तस्विर : डेबिड ओझा

प्रतिक्रिया