मिडिया एक यस्तो शब्द हो जुन विशेष रूपमा समाचार, जानकारी, विचार, रणनीति, विवाद, खबर, विज्ञान, प्रयोग र मनोरञ्जनसम्मका समाचार र जानकारीहरूलाई संग्रहित गर्दछ । मिडिया विभिन्न रूपमा उपस्थित हुन्छ जस्तै कि प्रिन्ट मिडिया (समाचारपत्र, म्यागजिन), इलेक्ट्रोनिक मिडिया (रेडियो, टेलीभिजन), अनलाइन मिडिया (इन्टरनेट पोर्टल, ब्लग), सोसल मिडिया (फेसबुक, ट्विटर, इन्स्टाग्राम) र अन्य रूपहरू हुन्छन् ।
मिडिया धेरैजसो सामाजिक समृद्धिको एक प्रमुख स्रोत हो, जसले मानिसहरूलाई विश्वमा घटिरहेका घटनाहरू, जानकारीहरू, विचारहरू र कला–साहित्यको विकाससम्मको जानकारी उपलब्ध गराउँछ । मिडियाले समाजमा रहेका राजनीतिक, सामाजिक, आर्थिक र विचारधारात्मक परिवर्तनहरूको साक्षात्कार गराई मानिसहरूलाई जागरूक बनाउँछ ।
मिडिया निरन्तर बदलिरहेको छ र नयाँ प्रौद्योगिकी र सामाजिक परिवर्तनहरूले मिडिया नयाँ रूपमा परिभाषित हुन लागेको छ । मिडिया सामाजिक, राजनीतिक, आर्थिक, र सांस्कृतिक परिवर्तनमा एक प्रमुख भूमिका खेलेको छ र यसले समृद्धि र सामरिक समर्थनको स्तरमा पनि प्रभाव गरेको छ ।
अहिलेको युग जसलाई २१औँ शताब्दीको साथै विज्ञान र प्रविधिको युगको नामले पनि चिनिन्छ । यस्तो युगमा मिडियाको कारणले सारा विश्वनै एक गाउँकोरूपमा परिणत भएको छ । यसको धेरै फाइदाहरू पनि हामी लिइरहेका छौँ भने कतिपय ठाउँमा हामीलाई समस्या पनि भोग्नुपरेको अवस्था छ । अहिलेको जमानामा जसलाई स्मार्ट फोन राम्रोसँग चलाउन आउँछ भने उनीहरू मिडियाकर्मीकै रूपमा काम गरिराखेका हुन्छन् । फेसबुक, ट्युटर, इन्स्टाग्राम र अहिले बन्दभएको टिकटक हरेक प्लेटफर्म मिडियाको काम पूर्ण र आंशिकरूपमा काम गरिरहेको अवस्था छ । यो एक किसिमको सकरात्मक परिवर्तन पनि हो । तर यो सँगैै मिडिया र मिडियामा कार्यरत मिडियाकर्मीप्रतिको लोकप्रियतामा कमी ल्याएको पनि महसुस भएको अनुभूति पनि गराएको छ ।
देशको चौथो अंग मानिने मिडिया आजभोलि आफ्नो कार्यमा रगंभेद देखाउँदा देशको समग्र विकास, समृद्धि, सुशासनमा जटिलता भएको छ । जसले गर्दा नेपालमा मिडिया संकट भएको महसुस गराइरहेको छ । मिडिया एक पूर्णरूपेण स्वस्तन्त्र अंग हो जसले देशको र जनताको पक्षमा हरपल कुरा गर्ने गर्छ । जसले देश र जनताका लागि कलम चलाई देशको विकासमा द्रुत गति ल्याउन, सुशासनको साथै देशमा विधिको शासन स्थापित गर्न ठूलो भूमिका निर्वाह गरिराखेको हुन्छ । जुन देशको मिडिया पूर्णरूपमा स्वस्तन्त्र हुन्छ त्यस देशको आर्थिक, सामाजिक, राजनीतिक विकास हुन समय लाग्दैन । तर जुन देशमा पत्रकारिता या मिडिया भाडामा चल्छ त्यो देशको हालत खराब हुन समय लाग्दैन ।
अहिले हाम्रै देशमा हजारौँको संख्यामा रहेको पत्रपत्रिका तथा मिडियाहरू निष्पक्ष भयो भने देशको प्रगति हुन समय लाग्दैन । कुनै पनि देशको मिडियालाई चलायमान बनाउन अर्थको आवश्यकता पर्छ र त्यो अर्थ मिडियामा विज्ञापनले परिपूर्ति गर्ने गर्छ । विश्वको जुनसुकै ख्यातिप्राप्त मिडियालाई हेर्दा त्यसको प्रमुख अर्थको स्रोत नै विज्ञापन हुने गर्दछ । मिडिया चलाउन थुप्रै खर्चको आवश्यकता पर्ने गर्छ । हामीले बाहिरबाट झट्ट हेर्दा मिडिया हाउस खोल्ने बित्तिकै सजिलैसँग पैसा कमाउन सकिन्छ भन्ने लाग्छ तर वास्तवमा भने त्यति सजिलो हुँदैन । मिडियामा काम गर्ने मिडियाकर्मी, छपाइ, वितरण, अफिस भडालगायत आदि इत्यादि महिनै पिच्छे धेरै रकम खर्चिनुपर्ने हुन्छ जुन समान्य विज्ञापनले धानिरहेको हुँदैन । आजभोलि सबै मिडिया हाउसहरू एकाएक घटामा गइरहेको अवस्था छ । जसले गर्दा प्रायःजसोे मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मी तथा कर्मचारीले समयमा तलब नपाई आन्दोलन गर्न बाध्य भएको कुरा हामी विभिन्न समयसमयमा सुनिरहेका हुन्छाँै । अवस्था यहाँसम्म आयो कि खुब तामझामका साथ सञ्चालन गरेका र केही दिनमै देश तथा विदेशमा लोकप्रियता कमाएका ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन भएको केही वर्षमै बन्द गर्नुप¥यो । त्यसमा काम गर्ने सञ्चारकर्मी, मिडियाकर्मी तथा अन्य कर्मचारीले तलब नै नपाई समस्याको मारमा परेका छन् । देशकै प्रतिष्ठित मिडिया तथा विगतमा घाटा नबेहोरेको र समयसमयमा आफ्नो कर्मचारीलाई तलब खुवाउने कान्तिपुर पनि केही समय यता भने महिनै पिच्छे तलब खुवाउन सकसमा परेको अवस्था छ । प्रायःजसो नेपालमा सानोदेखि ठूला मिडिया पत्रिका, टेलीभिजन, रेडियो, अनलाइन आदिले सबैभन्दा बढी आर्थिक संकटको भार थेग्नु पर्दा त्यो बन्द नै गर्ने अवस्थामा पुगेको तीतो यथार्थ हामीसमक्ष छ । देशको प्रमुख अंगहरू मध्ये मिडिया पनि चौथो अंगको रूपमा रहे पनि राज्यले आफ्नो कर्तब्य नबुझ्दा आजभोलि पत्रकारिता जगत नै कर्पोरेट र राजनीतिको पकेटको हुन पुगेको तीतो सत्य छ । जसले गर्दा अहिले पितपत्रकारितामा परिणत भई स्वतन्त्रता गुमाएका छन् । जुन एक संकटको रूपमा भइसकेको छ ।
नेपालमा मिडिया संकट हुनुका धेरै अन्य कारण भए पनि विज्ञापन बजारको अभाव, जनशक्तिको समस्या र राज्यका नीतिका कारण मिडिया उद्योग समस्यामा पर्दै गएको छ । निजी उद्योगले जति सहुलियत र सुविधा मिडिया उद्योगले पाउन सकेका छैनन् । लोक कल्याणकारी विज्ञापन प्रकाशित गरे बापतको भुक्तानी नियमित छैन भने प्रेस काउन्सिलले समयमै पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी नजिता सार्वजनिक गरेको छैन । यसबाहेक पनि सरकारीस्तरबाट मिडिया बचाउन चाल्नु पर्ने समयसापेक्ष कदमहरू नचालिँदा मिडिया फस्टाउन सक्ने अवस्था छैन ।
देशमा लोकतन्त्र र नागरिक अधिकार बलियो हुन मिडिया बलियो हुुनुपर्छ भनिन्छ । मिडिया कमजोर र स्वतन्त्र हुन सकेन भने त्यसले त्यो देशलाई ठूलो क्षति पुग्छ । जनतालाई सूचित गराउने अभिभारा बोकेको नेपाली मिडियालाई उत्प्रेरित गर्न र पत्रकारको उचित मूल्यांकन गरी उनीहरूको सीप र क्षमता बढाउन सरकारले आर्थिक तथा अन्य योजना ल्याउनुपर्छ । केन्द्रीय स्तरबाट सञ्चालनमा रहेका केही अपवादका मिडियाबाहेक अन्य मिडिया चल्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । कतिपय सन्दर्भमा मिडिया सञ्चालनको अनुमति दिँदा पनि त्यसको बजार, सो मिडियाको स्रोत र स्थायित्व आदिको अध्ययनपछि मात्रै अनुमति दिने गरी आवश्यक कानुन तर्जुमा गरिनुपर्छ । यसबारे सरकारले समयमै विचार पु¥याउनुपर्छ ।
नेपालमा मिडिया संकटको कुरा गर्दा त्यसका कारणहरू विभिन्न श्रेणीका छन, जुन विशेषतः प्रतिवाद, आपत्ति, नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता र विभिन्न सामाजिक, राजनीतिक र आर्थिक कारणले उत्पन्न भएका छन् । नेपालमा मिडिया संकट हुनुका अन्य कारण मध्ये तलका कारणले पनि संकट निम्त्याएका छन् । नेपालमा मिडिया संकट ल्याउन विज्ञापन एजेन्सीको कारणले पनि अहं भूमिका खेलेको हुन्छ । समयसमयमा पालिका तथा अन्य सरकारी तथा गैरसरकारी निकायहरूले पनि गोप्य सूचना निकाली त्यस सूचना बापत आएको रकमको ६०÷७० प्रतिशत कमिसन लिएका छन् । पत्रकारबाट नै कमिसनको भरमा विज्ञापनको ल्याउने लगायतका समस्याहरू दिनप्रतिदिन व्यापक हुँदै गएको छ ।
आत्म–निर्देशन र आत्मसमर्पणः
नेपालमा केही मिडिया गृहले आत्म–निर्देशन, निजी र विशेष व्यक्तिहरू वा समूहसँग दिने गरेको देखिएको छ । यो आत्म–निर्देशनले पत्रकारहरूको स्वतन्त्रता र स्वाधिनताका लागि संघर्ष गर्न नसकेको बताइन्छ । तर, यसले विशेष व्यक्तिहरू वा समूहहरूको दबाब र संगठनको निर्देशनमा सामाचार प्रकाशनले पनि मिडिया संकट निम्त्याएको देखिन्छ ।
वित्तीय समस्या र आधारभूत सुरक्षाः
कुनै पनि मिडिया होस् या अन्य कुनै व्यापार, व्यवसाय या कुनै सेवाप्रदायक संस्था त्यसलाई चलाउनका लागि वित्त अर्थात पैसाको आवश्यकता पर्दछ । त्यस्तै केही मिडिया गृह वित्तीय समस्यामा परेको कारणले गर्दा मिडिया संकट देखापरेको छ । विज्ञान, प्रविधि, र विभिन्न समस्याको शोध र अनुसन्धानमा खर्च गरी उनीहरूले संवादमूलक विशेषज्ञताको विकास गरेका हुन्छन् । त्यस्ता कामहरू गर्न वित्तीय समस्या र आधारभूत सुरक्षा समस्या बनेको पनि हुन सक्छ । कतिपय ठाउँमा रिपोर्टिङ गर्न जाँदा सञ्चारकर्मीलाई ज्यानकै बाजी लगाएर जानुपर्ने बाध्यता हुन्छ तर राज्यबाट मिडियाकर्मी र सञ्चारकर्मीलाई कुनै पनि निकायले सुरक्षाको ग्यारेन्टी नलिँदा थप समस्याको जोखिम खेप्नुपरेको छ । देशको चौथो ‘पिलर’ भए पनि पत्रकारले र मिडियाकर्मीले सुरक्षाको कमी जहिले महसुस गर्ने गरेको अवस्था हामी सबैसमक्ष छताछुल्ल नै छ ।
प्रविधिको विकासले निम्त्याको समस्याः
नयाँ समयमा इन्टरनेट र सोसल मिडियामा सामग्री प्रवाह र बदलावले मुद्रण, प्रसारण, र प्रस्तुतिमा परिवर्तन गरेको छ । यसले परम्परागत मिडिया गृहलाई नयाँ चुनौतीहरू पनि थपेको छ । सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्युटर, इन्स्टाग्राम, आदिले कम समयमा छोटो तथा विस्तृत अपडेटहरू दिइरहेको हुनाले पनि मिडिया प्रतिको आस्था खस्किँदो अवस्था छ ।
प्रतिक्रिया