बोदेबरसाइनमा फोहोर मैला व्यवस्थापन र जीवनशैली परिवर्तन विषयमा सचेतना कार्यक्रम

सप्तरी । ‘बोदेबरसाइन नगरवासीको शान पूर्ण सरसफाई अभियान’ भन्ने नारासहित घरेलु फोहोर मैला व्यवस्थापन, जीवनशैली तथा बानिव्यहोरामा सकारात्मक परिवर्तन सम्बन्धि तीन दिने सचेतना मूलक कार्यक्रमको उद्घाटन गरिएको छ । श्री हिमानी नेपाल राजविराज, सप्तरी र फेसन क्याम्पको समन्वय तथा बोदे बर्साईन नगरपालिकाको आर्थिक सहयोगमा उक्त सचेतना मूलक अभियानको गरिएकाे हो ।

कार्यक्रमका प्रमुख अतिथी बोदेबरसाइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले सरसफाई नै मानव जिवनको मुख्य आधार भएको हुँदा सम्पूर्ण नागरिकहरुले पूर्ण सरसफाईमा ध्यान दिन आग्रह गरे । घरमा शाैचालय भएका सबैले दिशापिसाव शाैचालयमा गर्न अनुरोध गर्दै आयोजक संस्थालाई धन्यवाद दिए । कार्यक्रममा प्रशासन प्रमुख राम सुदिष्ट पन्डितले सरसफाईमा सबै समुदाय लाग्न जरुरी भएको बताए । विद्यालयलाई सफाई राख्न र जिर्ण भवनको मुहार फेर्न अभिभावक तथा स्थानीयको साथ सहयोगको खाँचो भएको उनको भनाई छ ।

यस्तै वडाध्यक्ष रबिन्द्रकुमार साहले सरसफाईको महत्वबारे बताउँदै सबैले शाैचालयमा दिशा पिसाब गर्न आग्रह गरे । अभिभावकहरुले जस्तो सिकायो बालबालिकाहरुले पनि त्यस्तै सिकाई सिक्ने भएको हुँदा यस बिषयमा अभिभावक सचेत हुनुपर्नेमा उनले जोडदिए । कार्यक्रमको सहजीकरण गर्दै सरसफाईमा सबैले ध्यान दिनुपर्ने र आफ्नो घरदेखि निस्किएको फहोरमैला आ-आफैंले व्यवस्थापन गर्न सम्पूर्णमा आग्रह गरे ।

आजबाट तीनदिनसम्म सञ्चालन अभियानमा ‘गाउँघरमे शौचालय बनावाजाय अपना अपना ईज्जत बचवाजाय, खुला दिशा नर्कको भिसा, चर्पिको प्रयोग कराजाय बहुबिटीयाके ईज्जत बचावजाय, चर्पी बाहिर दिशा पिसाव गर्नेलाई जरिवाना गरौं, हाम्रो घरमा चर्पी छ यसमा हामीलाई गर्व छ, सबैले उमालेको पानी पिंऔं झाडापखालाबाट बचौं भन्ने नारा राखिएकाे थियाे ।

यस्तै ‘साबुन पानीको प्रयोग गरौं हरेक रोगहरुबाट बचौं, माक्स लगाऊ कोरोना भगाऊँ, स्वस्थ्य सुखी र संमृद्ध घर परिवार देश बिकासको आधार’ लगायतका प्लेकार्ड सहित विभिन्न सचेतता गरेका छन । फाल्गुन ६ गते देखि शुरु भएको अभियानको जेठ ८ गतेसम्म बोदेबरसाइन नगरपालिकाको सभा हलमा कार्यक्रमको आयोजना भएको थियो । बोदेबरसाइन नगरपालिकाको कार्यवाहक नगरप्रमुख रेणुकुमारी साहको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी मोहम्मद इमामुल हक, इन्जिनियर दिनेश ठालुर, वडाध्यक्ष रामप्रसाद राम तथा संस्थाका प्रतिनिधि, आयोजक संस्थाका स~चालक समिति, शेयर सदस्यहरु, संचाकर्मी, विद्यार्थी, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया