लमजुङमा किशोरीहरुको आत्मरक्षासम्बन्धी तीनदिने तालिम सम्पन्न

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ मा रहेको भक्ति नमुना माध्यामिक विद्यालयमा किशोरीहरुलाई तीनदिने आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएकोमा आज सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यलयको अयोजनामा मगंलबारबाट सञ्चालन गरिएको तालिम बिहीबार सामाजिक विकास कार्यलयका प्रमुख सन्तोष पौडेलको अध्यक्षता तथा सुन्दरबजार नगरपालिकाका मेएर कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा समापन गरिएकको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले किशोरिहरुमाथि हुने हिंसा पछिल्लो समय बढ्दै गएको भन्दै यस तालिम किशोरीहरुको आत्मरक्षका लागि निकै महत्व रहेको बताए । तालिममा जिल्लाका सुन्दरबजार नगरपालिका, दोर्दी गाँउपालिका र राइनास नगरपालिकभित्रका ६ विद्यालयका ३० जना किशोरीहरुको सहभागिता रहेको थियो ।

तालिममा किशोरीहरुले आत्मरक्षाका लागि कस्ता कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा मस्र्याङदी कराँते डोजोका प्रेमबहादुर गुरुङले प्रशिक्षण गराएका थिए । पछिल्लो समय महिला हिंसा बढ्दै गएकाले यस्ता हिंसा न्यूनिकरणको लागि यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

प्रतिक्रिया