चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंका आज कार्यक्रम आयोजना गरेर निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा सीमा रक्षाको विषय समेटिएको छ । राष्ट्रियता र स्वाधीनताको विषयमा ट्रलेर केन्द्रित छ । नेपालको सीमा भारतले मिचिरहेको अवस्थामा यसलाई रोक्न सीमामा काँडेतार लगाउनुपर्ने सिनेमाले वकालत गर्ने विषय हो ।

नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत कलाकार सिनेमाको मुख्य भूमिकामा छन् ।

चलचित्रको लेखक तथा निर्देशक नवल खड्का हुन् । चलचित्र फागुन २५ गते रिलिज हुँदै छ ।

प्रतिक्रिया