राइनास बहुप्राविधिक शिक्षालयमा सप्ताहव्यापी खेलकुद

लमजुङ । लमजुङको राइनास नगरपालिकामा रहेको राइनास बहुप्राविधिक शिक्षलयमा माघ २५ गतेबाट सप्ताहव्यापि खेलकुद सञ्चालन भइरहेको छ । शिक्षालयले विगत एक वर्षदेखि सप्ताहव्यापी खेलकुद गर्दै आएको र यसैलाई निरन्तरता दिँदै यस वर्ष पनि खेल सञ्चालन गरिएको शिक्षालयका कोअडिनेटर सरोज घिमिरेले बताए ।

सप्ताहव्यापी खेलकुदमा फुटबल, सय र चार सय मिटर छात्रछात्रा दौड, भलिबल, चेस र ब्याडमेन्टन प्रतियोगिता सञ्चालन गरिएको शिक्षालयका खेल संयोजक सुदिप पौडेलले जानकारी दिए ।

सप्ताहव्यापी खेलमा सहभागी विद्यार्थी खेलाडीहरुले शिक्षालयले हरेक वर्ष खेल सञ्चालन गर्दै आएकोमा खुशी व्यक्त गरेका छन् । खेलमा सहभागी खेलाडिहरुलाई मेडल, प्रमाणपत्र र रनिङ शिल्ड पुरस्कार वितरण गरिने शिक्षालयले जनाएको छ । २५ गतेबाट सुरु भएको खेल सोमबार सम्पन्न हुने भएको छ ।

प्रतिक्रिया