इस्लामाबाद । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) को समर्थन रहेका स्वतन्त्र उम्मेदवारले पाकिस्तानको चुनावमा सेनाको समर्थन रहेको ठानिएका दुई वंशवादी दलको अगाडि अग्रता लिएका छन् ।
खानलाई बिहीबारको चुनावमा भाग लिनबाट रोक लगाइएको थियो भने उनको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले व्यापक दमनको सामना गर्नुपरेको थियो ।
पीटीआईलाई चुनावी र्यालीहरू गर्नबाट रोकिएको थियो र पीटीआईलाई चिनिएको चुनाव चिन्ह ‘क्रिकेट व्याट’ पनि लिन दिइएको थिएन र मतपत्रबाट नै हटाइएको थियो । जसका कारण पीटीआईप्रति बफादार उम्मेदवारहरूले स्वतन्त्र रूपमा चुनाव लड्न बाध्य भएका थिए ।
तर आधिकारिक नतिजा अनुसार पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले अहिलेसम्म करिब ४६ सिट जितेका छन् भने पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले ३८ र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ३१ सिट जितेका छन् ।
याे पनि : पाकिस्तानमा निर्वाचन : पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई १५० सिटमा अग्रता
पीटीआई समर्थित उम्मेदवारहरूले जितेका अधिकांश सीटहरू खैबर पख्तुनख्वाको गढमा थिए । जबकी पञ्जाबको सबैभन्दा बढी जनसंख्या भएको प्रान्तको परिणाम अझै आउन बाँकी छ । सन् २०१८ मा सम्पन्न पछिल्लो चुनावमा पीटीआईले जितेको पञ्जावमा त्यसअघि सरिफ परिवार ऐतिहासिक रूपमा हावी रहेको स्थान हो ।
अंग्रेजी भाषाको एक्सप्रेस ट्रिब्यून पत्रिकाको हेडलाइनमा भनिएको छ, ‘पीटीआई समर्थित उम्मेदवारहरूको बाधा र अवहेलनालाई सामना गर्दै स्वतन्त्रहरूले निर्वाचन परिणाममा चक्मा दिँदैछन् ।’
पाकिस्तानको येल विश्वविद्यालयमा राजनीतिशास्त्रका सहायक प्राध्यापक सारा खानले एएफपीसँग भने, ‘नतिजाबारे निश्चितताको भावना थियो ।’
उनले थपे, ‘निर्वाचनबारेको निश्चितताको भावनालाई चुनौती दिँदै निर्वाचन परिणामले दलहरूलाई चकित तुल्याएको छ ।’– रासस, एएफपी
प्रतिक्रिया