पर्यटन बोर्डको सदस्य सचिवमा देवकोटा नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको सदस्य सचिवमा मिलन देवकोटा नियुक्त भएकी छिन् । बोर्डकी सदस्य मिलन देवकोटालाई बोर्डको कार्यकारी समितिको बैठकले रिक्त सदस्य सचिवमा नियुक्त गरेको हो ।

देवकोटाले शुक्रबार नियुक्ति पत्र बुझेकी छिन् । उनलाई बोर्डका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेद्वारा हस्ताक्षरित पत्र दिइएको बोर्डले जनाएको छ । देवकोटा २३ मार्च २०२२ मा बोर्ड सदस्य नियुक्त भई बजेटको अर्डिनेटरको भूमिकामा थिइन् ।

प्रतिक्रिया