स्कूल बसले ठक्कर दिँदा भारतीय युवकको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा स्कूल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । विहिबार विहान ८ः३० बजे जनकपुरधाम उपमहागनरपालिका–२३ लादो बेलास्थित जनकपुरधामको श्रीराम बोर्डिँग स्कूलको बसले ठक्कर दिदा एक भारतीय युवकको मृत्यु भएको हो ।

बा २ प ७६० स्कूल बसले साइकल यात्री भारतको मधुवनी जिल्ला घर भइ जनकपुर ससुराली बस्दै आएका बर्ष २७ का ममताज कवारीलाई दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता, स्कूल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया