नगरवासीको हितमा ६ महिनामा ३ करोड भन्दा बढीको काम

उदाहरणीय बन्दै मौलापुर नगरपालिका

रौतहट । शुन्य कर निति अंगिकार गरेको मौलापुुर नगरपालिकाले नगरवासीको हितमा करोडौं खर्च गरेको छ । फ्रि बिजुली, छोरीको बिहेमा सहयोग, गरिब असाहायलाइ आर्थिक सहयोग र छात्रवृति जस्ता शिर्षकमा नगरपालिकाले सहयोग गर्ने गरेको छ । मौलापुुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबुु साहले नगरको जनतालाइ प्रत्यक्ष फाइदा हुने गरी चालु आर्थिक वर्ष २०८०÷०८१ को ६ महिनामा विभिन्न शिर्षकमा कुलरु ३ करोड १४ लाख ४० हजार ३ सय ६० खर्च भएको जनाएका छन् ।

कर शुन्य राहत भरपुर दिने मौलापुुर नगरपालिकाको यस कार्यबाट अन्य पालिकाहरुले पाठ सिक्नुपर्ने देखिन्छ । नगरपालिकाले आम नागरिकबाट कुनै किसिमको कर उठाउदैनन, बरु उल्टै जनताले तिर्नुपर्ने पर्ने दायित्वको रकम नगरपालिकाले व्यहोर्ने गरेको छ ।

अधिकृत साहले दिएको जानकारी अनुसार नगरपालिकाले ६ महिनामा घरायसी तथा कृषि मिटरको विद्युत महसुल भुक्तानी २ करोड ६६ लाख ८४ हजार ९ सय १० तिरेको छ । घरायसी विद्युत महसुुल २०७८ सालदेखि नै नगरपालिकाले तिर्दै आएको छ भने सिंचाइका लागि प्रयोग हुने कृषि मिटरको महसुल २०७६ सालदेखि भुक्तानी गर्दै आएको छ । नगरवासीले बिजुुलीको बिल तिर्नुु पर्दैन् ।
त्यस्तै नगरपालिकाले छोरीको विवाह खर्च अनुदान भुक्तानी गर्दै आएको छ । चालुु आर्थिक वर्षमा ३० हजारका दरले १ सय ८ जनालाइ ३२ लाख ४० हजार भुक्तानी गरेको अधिकृत साहले बताए । नगरवासीलाइ आर्थिक सहायता राहत अनुदानमा ६५ हजार ४ सय ५० भुक्तानी गरेको छ ।

साथै नगरभित्रका प्राविधिक शिक्षा हासिलगर्न चाह्ने छात्रालाइ सहयोग गर्दै आएको छ । नगरपालिकामा रहेको मौलापुुर बहुु प्राविधिक शिक्षालयमा अध्ययनगर्न चाहने छात्राहरुलाइ निःशुुल्क अध्ययनको सुुविधा मिलाइदिएको छ ।

नगर क्षेत्रभित्रका छात्राको प्राविधिक शिक्षामा शतप्रतिशत छात्रवृत्ति बापतको व्यभार नगरपालिकाले तिरेको छ । चालुु आर्थिक वर्षमा नगर भरीबाट प्राविधिक शिक्षाका लागि पढन चाहने १२ जना छात्राको लागि १२ लाख रुपैयाँ नगरपालिकाले व्यहोरेको छ ।

त्यसैगरी नगर क्षेत्र भित्रका छात्रको प्राविधिक शिक्षामा २५ प्रतिशत छात्रवृत्तिबापतको व्यभार व्यहोर्दै आएको छ । यस वर्ष १० जना बिद्यार्थीको प्रति बिद्यार्थी २५ हजारका दरले २ लाख ५० हजार नगरपालिकाले शिक्षालयलाइ भुुक्तानी गरेको छ ।

प्रतिक्रिया