वीरगञ्ज । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन वीरगञ्ज) द्वारा प्रथम ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव हुन लागेको छ ।
आउँदो फागुन १२ गते रथ यात्राको आयोजना हुने भएको हो । कृष्णभावनामृत संघ ( इस्कोन वीरगञ्ज) ले बुधबार पत्रकार समेलनको आयोजना गर्दै उक्त जानकारी गराएको छ ।
पत्रकार समेलनमा जानकारी गराउँदै इस्कोन वीरगञ्ज पर्साका संस्थापकचार्य श्री श्रीमद ए.सि. भक्तिवेदान्त स्वामी प्रभुपादले रथयात्रा काठमाडौं, विराटनगरमा निकालिँदै आएको र अब वीरगञ्जमा पहिलोपल्ट निकाल्न लागिएकोले यसलाई सफल बनाउन जिल्लाबासी छिमेकी जिल्लालाई समेत रथ यात्रामा सरिक भएर सफल बनाउन अनुरोध गरेको छ ।
भारतको उडिसा राज्यको जगन्नाथपुरीबाट यसको सुरुआत भएर यहाँ हरेक वर्ष डिसेम्बर महिनामा रथयात्रा हुने गरेको छ । तर, उक्त रथयात्रा विश्वको कुनै न कुनै स्थानमा १२ महिनै हुँदै आइरहेको र वीरगञ्जमा पनि यो प्रथम वर्ष मनाउन लागिएको आयोजकले जानकारी गराएका छन् ।
प्रतिक्रिया