पनौती नगरपालिका– ५ लाई बालश्रममुक्त वडा बनाउन स्थानीय बुद्धिजिवीले सघाउने

काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिका– ५ लाई बालश्रममुक्त वडा बनाउन स्थानीय बुद्धिजिवीले सघाउने प्रतिबद्धता जनाएका छन् । आज (बुधबार) वडा कार्यालयको हलमा भएको छलफलका क्रममा सहभागी स्थानीय बुद्धिजिवीहरूले वडाको लक्ष्यलाई आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताएका हुन् ।

शिक्षक, संघ संस्थामा कर्यरतहरु उद्योग सञ्चालन गरिरहेका महिला तथा राजनीतिक रूपमा आबद्ध तथा अगुवाहरुले नगर र वडाको लक्ष्यमा आफूहरुले सहयोगी भूमिकामा काम गर्ने जनाएका छन् । नगरपालिकाका अधिकृत केशव बञ्जाराले नगरको समग्र अवस्था र पनौती ५ नम्बरको अहिलेको बालश्रमको स्थिति र बालश्रममुक्त वडा बनाउन गर्नुपर्ने काम हरुको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले नगरले आफ्नै नीतिगत व्यवस्था समेत गरी आफ्नै राजपत्रमा समेत बालकल्याणका विविध नीति समेटेर तयार पारेको बताउँदै बालमैत्री स्थानीय तह घोषणामा आवश्यक कार्यहरु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने निति अवतरत गरिरहेको बताए ।

उनले बालश्रम तथा सडक बालबालिकालाई शून्य बनाउने, बालविवाह निरुत्साहन र निराकरण गर्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताएका छन् । नगरपालिकाको आव ०८०–०८१ को नगरपालिकाको नीति तथा कार्यक्रममा अन्तराष्ट्रिय श्रम संगठन (ILO) सँगको सहकार्यमा आव ०८०–०८१ भित्र पनौती नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गरिने विषयसमेत समेटिएको बताए ।

बालश्रममुक्त वडा नगर बनाउन बालश्रमको तथ्यांक संकलनको लागि डाटा एप्लिकेशनको प्रयोग गरिएको १५० जना तथ्यांक संकलक, १२ जना बालमैत्री सहजकर्ता परिचालित र एक जना परामर्शदाता परिचालित गरिएको, तथ्यांक संकलनको अन्तिम प्रतिवेदन प्राप्त भएको र त्यसमा नगर भरी ४२ बालबालिका विविध कारणले विद्यालय पुग्न नसकेकोमा केहीलाई स्रोत जुटाएर समाधान समेत गरिसकेको बताएका छन् ।

छलफलमा बालमैत्री वडाको सहजकर्ता गीता तिमल्सिनाले बालश्रम मुक्त नगर घोषणा गर्न कार्यविधी तयार भएको, होडिङ बोर्ड, ब्रोसियर, हाते पर्चा र प्रतिवद्धता पत्र तयार भएको,बालश्रममा सहकार्यको लागि नक्सांकन कार्य अन्तिम चरणमा रहेको, समन्वय, अनुगमनका लागि विभिन्न समितिहरुको गठन पुनर्गठन गरिएको, दिगोपनाका लागि बालश्रम अनुगमन प्रणाली स्थापनाका लागि निर्देशिका २०७५ अनुसार काम गरेको र बाल संरक्षण नीति लिएको, वडाको बालमैत्री लगानी योजना लाई वालश्रम मुक्त अभियानमा जोडिएको, सक्षम र जवाफदेही स्थानीय शासन पद्धति मार्फत बालअधिकारको सुनिश्चितता, गरेको वडास्तरीय समन्वय समितिको काम, कर्तब्य र अधिकारको क्षेत्र तोकिएको, जसमा वडास्तरमा बालश्रम मुक्त वडा घोषणा गर्नको लागि गरिने कार्यहरुमा आवश्यक सहयोग तथा समन्वय गरिरहेको, बालश्रम बिरुद्ध प्रचार प्रसार गर्न पहलकदमी लिन, बालश्रम मुक्त वडा बनाउनको लागि सुचकहरु पुरा गरी नगरमा पठाउनको लागि वडा समितिमा सिफारिस गर्ने, सबै कार्यहरु पुरा भए पश्चात वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने प्रक्रिया सुरु गर्न सिफारिस गर्ने बताइन् ।

यता वडा पनौती– ५ का वडाध्यक्ष विनोद खत्रीले बालश्रम सम्बन्धी कार्यमा संलग्न संघ संस्थाहरुसँग समन्वय गर्ने, बालश्रममुक्त वडा बनाउन आवश्यक अन्य प्रयासहरु गरिरहेको, वडा स्तरमा बालश्रममुक्त वडा घोषणा गर्नको लागि भएका कार्यहरको अनुगमन र सोमूल्यांकन गरेको, श्रममा सलग्न, सम्भावित बालबालिकाहरुको व्यवस्थापनका लागि आवश्यक पहलकदमी लिएको, बालश्रमिकहरुको व्यवस्थापन गरि बालश्रममुक्त नगरपालिका घोषणाको लागि समेत आफूहरुले वडास्तरबाट निरन्तरताका लागि अन्तरपालिका समन्वय तथा अन्य व्यवस्थापकिय कार्य गर्ने सम्मको पहल गरेको बताए ।

उनले वडा समितिबाट उल्लेखित सूचकहरु पुरा गरी नगरपालिकामा बालश्रममुक्त घोषणा गर्न निर्णयसहित सिफारिस र निवेदन को प्रक्रियासमेत निकट दिनमा हुने बताएका छन् ।

प्रतिक्रिया