बारा । बारा सदरमुकाम कलैयाको मुटु मानिने भरतचोकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ । सम्बन्धित निकायको ध्यान नखिएका कारण भरत चोक वरिपरि जथाभावी सवारी पार्किंङ गरिँदा चोकको सडकमा दिनहुँ जाम हुने गरेको स्थानीयको गुनासो छ ।
केन्द्रीय नेता मन्त्री लगायतका विशिष्ट व्यक्तिको सवारीका बेलामात्र सक्रिय हुने कलैयाका ट्राफिक प्रहरीको चेकजाँच फितलो हुँदै गएको स्थानीयको आरोप छ ।
ट्राफिक प्रहरीको चेकजाँच फितलो भएकै कारण कलैयाको मुख्य चोकबाट तीन÷तीन जना मोटरसाइकलमा चढेर ओहोरदोहोर गर्ने गरेको स्थानीयको भनाइ छ । विनाहेल्मेट मोटरसाइकल चढे पनि त्यसको नियमन गर्न नसकिएको नागरिक अगुवाहरूको भनाइ छ ।
चोकको जामले सर्वसाधारणलाई हिँडडुल गर्नसमेत समस्या हुने गरेको स्थानीयहरूले गुनासो गरेका छन् । प्रहरीले ट्राफिक नियम पालना गराउन नसक्दा आफू मनोपोली गाडी, ई–रिक्सा चालकहरूले पार्किङ गर्दै आएका छन् ।
नो पार्किङ जोनमा समेत गाडीहरू पार्किङ हुँदा ट्राफिक प्रहरीहरू रमिते भएर हेर्नबाहेक केही गर्न नसकेको नगरवासीको गुनासो छ ।
कलैया नगरपालिकाले पार्किङ क्षेत्र बनाए पनि त्यसको पालना गरेको पाइँदैन । ट्राफिक प्रहरीले ध्यान नदिएकै कारण जथाभावी बाटो काटने क्रम बढेको स्थानीयले गुनासो गरेका छन् ।
चौकमै जथाभावी पार्किङ हुने क्रम बढेको छ । ससाना बच्चाहरूले ई–रिक्सा चलाउँदासमेत नियमन गर्ने निकाय मौन देखिएका छन् ।
जथाभावी पार्किङकै कारण भरतचौकमा दिनहुँ जाम लाग्ने क्रम बढदै गएको छ । ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन नसक्दा जिल्लामा अहिले सवारी दुर्घटना बढेको छ । दिनहुँजसो जिल्लामा दुई–चार वटा सवारी दुर्घटना हुने गरेको छ ।
कलैया उपमहानगरपालिकाले छुट्टयाएको पार्किङ क्षेत्रको अवस्था पनि त्यस्तै छ । कहिले नियमन गरिँदैन, पार्किङ क्षेत्रभन्दा नो पार्किङ क्षेत्रमा गाडी लगाउनेको ताँती देखिन्छ । बजारका अधिकांश व्यापारीहरू फुटपाथ ओगटेर समान राख्छन् । सडकको बीचमा भाजा, फलफूल लगायतका सामानहरू राखेर खुद्रा व्यापारीहरू व्यापार गर्छन् । तर अहिलेसम्म व्यवस्थापन हुन नसकेको नगरवासीहरू दुःखेसो छ ।
नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले ट्राफिक प्रहरीले ध्यान नदिँदा जेब्रा क्रसिङ भएको ठाउँबाट बाटो काट्नसमेत गाह्रो हुने गरेको गुनासो गरे ।
सहर बजारमा मोटरसाइकल लगायतका सवारी साधनको ओभरस्पिडको कारण दिनहुँजसो दुर्घटना हुने डर रहेको जानकारी दिए ।
लाइसेन्स नै नभएका किशोरहरूले मोटरसाकल लिएर ओभर स्पिडमा चलाउँदासमेत चेकजाँच नगरिएको उनले जनाए ।
जिम्मेवार निकाय नै यसरी मौन भइदिँदा दुर्घटना बढनु स्वभाविक हो उनले भने, ‘हरेकले पाएको जिम्मेवारी इमानदारीपूर्वक बहन गर्ने हो भने जनगुनासाहरू आफँै समाप्त भएर जान्छन्, जिम्मेवारी बहन गर्न नसकेकै कारण देशमा भ्रष्टाचार बढ्दै गएको हो ।’
प्रतिक्रिया