रौतहटमा समाचार संकलन गर्न गएका पत्रकारमाथि निर्घात कुटपिट

कुटपिटबाट घाइते भएका पत्रकार तिवारीकाे अवस्था बुझ्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी र नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा ।

रौतहट । कटहरिया–रौतहटमा पत्रकारलाई निर्घात कुटपिट गरिएको छ । जिल्लाको कटरिया नगरपालिकामा रहेको चिनी मिल श्री बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारी र धिरज यादवमाथि आक्रमण गरिएको हो । चिनी मिलमा किसानहरुले आन्दोलन गरिरहेको बेला रिपोर्टिङ्ख गर्न गएका पत्रकार तिवारी र यादव माथि मिल सञ्चालकले कुटपिट गरेको हो । पत्रकार तिवारी र यादवको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले लुटपाट गरेको बताइएकाे छ ।

घाइते पत्रकार तिवारीको मध्य रौतहटको गरुडा स्थित हेल्थ ल्यान्ड हस्पिटलमा उपचार भइरहेको छ । यता घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहटले एक प्रेस विज्ञप्ती जारी गर्दै समाचार संकलन गर्ने क्रममा पत्रकारलाइ समाचारकै विषयलाइ नै लिएर निर्ममता पुुर्वक कुुटपिट गरेको घटनामा संलग्न बाबा बैजुनाथ सुुगर मिलका संचालक सहित दोषि उपर वास्तवीक छानबिन गरि कडा भन्दा कडा कार्यवाही गरि पिडित पत्रकार तिवारी र यादवलाइ न्याय दिन स्थानिय प्रहरी प्रशासन सहित सम्बन्धित निकाय सँग जोडदार माग गरेको हो ।

साथै समाजवादी प्रेस संगठन नेपाल रौतहटका अध्यक्ष दिनेश यादवले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै संगठनका केन्द्रीय सदस्य समेत रहेका तिवारी माथि आक्रमण गर्ने घटनामा संलग्न मिलका सञ्चालक सहित दोषि उपर छानबिन गरि कडा भन्दा कडा कार्यवाही गर्न स्थानीय प्रहरी प्रशासन सहित सम्बन्धित निकाय सँग जोडदार माग गरेका छन् ।

प्रतिक्रिया