लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट १ सय ५० जना विद्यार्थी दीक्षित

काठमाडौँ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन् ।

काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पङ्कज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरे । प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष जालानले नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको बताए ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् ।

प्रतिक्रिया