प्रगतिशील युवा समाजले बनाएका संरचनाको संरक्षण गर्ने जिम्मा विव्यस र अभिभावकको

बझाङ । जयपृथ्वी नगरपालिका वडा १ का वडाध्यक्ष डम्बर वहादुर सिंह प्रगतिशील युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा वडा भित्र वनेका भौतिक संरचनाहरुको संरक्षण गर्ने जिम्मा विद्यालय व्यवस्थापन समिति र स्थानीयहरुको भएको बताएका छन् । मंगलवार एक कार्यक्रमका वीच पश्चिम नेपाल भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत जयपृथ्वी नगरपालिका वडा १ मा रहेको वेताल आघारभुत विद्यालय र जनजागृति आधारभुत विद्यालय अस्थायी सिकाई केन्द्र हस्तान्त्रण कार्यक्रममा वोल्दै वडा अध्यक्ष सिंहले यस्तो बताएका हुन ।

वडाध्यक्ष सिंहले भने, ‘प्रगतिशील युवा समाज र वल्र्डभिजनले हाम्रा स्कुल जाने नानिवावुहरुको लागि यति ठुलो लगानीमा यति राम्रा सिकाई केन्द्रहरु वनाईदिएका छन् । विद्यालयमा आवस्यक पर्ने शैक्षिक सामाग्रीहरु झोला, कापीकलम स्कुल युनिफम दिएका छन, यसलाई शिक्षक र अभिभावकहरुले ईमानदारीका साथ सदुपयोग गर्नुपर्ने हुन्छ ।’

प्रगतिशील युवा समाजका कार्यक्रम व्यावस्थापक यज्ञराज जोशीले भने, ‘गत महिना बझाङ जिल्लामा गएको विनासकारी भुकम्पका कारण केहि दिन विद्यालय सञ्चालन हुन सकेनन् । अझैसम्म पनि पालिका भित्रमा रहेका विद्यालयहरु चर्केका छन्, पढाइ खुल्ला आकासमा गर्नुपर्ने वाध्यता छ । त्यस्ता विद्यालयमा अध्यनरत वालवालिका हरुको पढाइलाई निरन्तरता दिन र दुरदराजका वस्तिका वालवालिकाहरुको बाल समृद्धि ल्याउन अस्थायी सिकाई केन्द्रहरु निर्माण गर्नुपरेको हो ।’ सिकाई केन्द्रहरुमा वसाई व्यास्थापनको लागि आवस्यक पर्ने कार्पेट, पि फम, स्कुल कीट लगाएतका सामाग्री समेत दिएको जोशीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश विष्टले गुणस्तरीय शिक्षा दिनमा जति शिक्षकहरूको भुमिका हुन्छ त्यति नै अभिभावकको पनि भुमिका हुने बताए । उनले भने, ‘कतिपय मान्छेहरुले सरकारी विध्यालयहरुमा पढाई भएन भन्दै निजी स्कुलमा पढ्न पठाउने गरिरहेका छन् । गुणस्तरीय शिक्षा दिन र लिन जति शिक्षकहरूको भुमिका हुन्छ त्यो भन्दा धेरै भुमिका विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको पनि हुन्छ ।’ उनले बालवालिकाहरु लाई घरमा पढ्न लगाउने, शिक्षकहरूले स्कुलमा होमवर्क दिए वा दिएनन् अभिभावकहरुले पनि घरमा चेक गर्नुपर्ने, नदिको भए विद्यालय व्यावस्थापन समिति र प्रधानाध्याकलाई वेला वेलामा जानकारी दिनुपर्ने बताए ।

जयपृथ्वी नगरपालिका शिक्षा युवा तथा खेलकुद साखाका प्रतिनिधि देवेन्द्रराज जोशीले भुकम्प पछि जयपृथ्वी नगरपालिका भित्रमा बनेका अस्थाई सिकाई केन्द्रहरु र साझेदार सस्थाहरुवाट वनेका विध्यालय भवनहरु गुणस्तरीय, उपयुक्त बनेको हुँदा पठनपाठनमा समेत सजिलो भएको बताए । आगामी दिनहरूमा साझेदार संस्था प्रगतिशील युवा समाजसँग हातेमालो गरे पालिका भित्रका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा दिन सहज हुने बताए ।जनजागृति आघारभुत विद्यालय र वेताल आघारभुत विद्यायलमा सिकाई केन्द्र हस्तान्तरण भएपछि त्यहाँका स्थानीयहरु खुसी भएका छन् ।

प्रतिक्रिया