गौर अस्पतालका चिकित्सकहरु आन्दोलित हुदा सेवा प्रभावित

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालका चिकित्सकले तलब भत्ताको माग गर्दै अकासमिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । विगत तीन महिना देखि तलब भत्ताबाट बंञ्चि चिकित्सहरुकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेपछि बिरामीहरु मारमा परेका हुन् । तलब भत्ताको माग गर्दै माघ ७ गते देखि चिकित्सकहरु सेवा बन्द गर्दा बिरामीहरु मर्कामा परेको छन् ।

गौर प्रादेशिक अस्पताल राजनीतिक हस्तक्षेपका कारण विगत ६ महिना देखि चिकित्सक र स्वास्थ्यकर्मी पीडित रहेको आन्दोलनरत चिकित्सकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि भत्ता र तीन महिनादेखि तलब पाउन नसकेको विज्ञप्तिमा भनिएको छ ।

आफ्ना माग पुरा नहुँदासम्म अस्पतालको सबै सेवा बन्द हुने अस्पतालका चिकित्सक डा. गोपाल गुप्ताले जानकारी दिए । यसै बिषयबारे प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी संग बुझदा आफु अस्पतालको समस्यालाई लियर मन्त्रालयसँग कुराकानी भएको र अबको दुई तिनदिनमै समस्या समाधान गरिने बताए ।

राष्ट्रिय सभाको निर्वाचन यही माघ ११ गते भएको ब्यवस्थापन अलिकति समस्या भएको भन्दै चाडैनै समाधान गरिने अध्यक्ष हाशमीले भने ।

प्रतिक्रिया