अध्यक्ष यादवद्वारा नवनिर्मित इन्जिनियरिङ कलेज भवनको उद्घाटन

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नवनिर्मित इन्जिनियरिङ कलेज भवनको भवनको उद्घाटन गरेका छन् । उनले मंगलबार महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस प्रांगणमा निर्माण गरिएको भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

अध्यक्ष यादव सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा उनकै संसदीय कोषबाट उक्त भवन निर्माण भएको थियो ।

भवनभित्र ४ कक्षा कोठा, ल्याब कोठा ३, पुस्तकालय कोठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेको छ ।

६ करोड २७ लाख ८७ हजार ठेक्का रकम रहेकोमा रु ४ करोड ६१ लाख २९ हजार ९८० मा सेफ स्टील कम्पनी चितवनले २०७७ जेठ ९ गते ठेक्का लिएको थियो ।

प्रतिक्रिया