अस्थायी सिकाइ केन्द्र निर्माण गरेर विद्यालयलाई हस्तान्त्रण

बझाङ । प्रगतिशील युवा समाज र वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिका भित्रका विभिन्न वडाहरुमा अस्थायी सिकाइ केन्द्र निर्माण गरि हस्तान्त्रण गरिएको छ । साेमवार एक कार्यक्रमकाबीच पश्चिम नेपाल भूकम्प प्रतिकार्य परियोजना अन्तर्गत जिल्लाकाे जयपृथ्वी नगरपालिका ११ डाडागाउँमा रहेको नानदेव आधारभुत विद्यालय र वडा ३ पुगरमा रहेको मुडतिनदेव आधारभुत विद्यालय अस्थायी सिकाई केन्द्र निर्माण गरि हस्तान्तरण गरिएको प्रगतिशील युवा समाजका कार्यक्रम व्यावस्थापक यज्ञराज जाेशीले बताए ।

कार्यक्रम व्यावस्थापक जाेशीका अनुसार पछिल्लो समय पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भुकम्पका कारण कतिपय विद्यालयहरु चर्केकाे र विद्यार्थीहरुलाई पठनपाठनमा समस्या हुन नदिन अस्थायी सिकाई केन्द्र निर्माण गरि हस्तान्तरण गरिएकाे हाे । हस्तान्तरण गरिएका सिकाई केन्द्रहरुकाे संरक्षण विद्यालय, विद्यालय व्यावस्थापन समिति र अभिभावकहरू लिनुपर्ने बताउनले बताए ।

प्रगतिशील युवा समाज र वल्र्डभिजनले बझाङ जिल्लामा भु-कम्प प्रतिराेधी विद्यालय भवन, स्कुल जाने उमेर समुहका नानीबाबुहरुलाई कापी, कलम, झाेलालगायत शैक्षिक सामाग्रीहरु दिंदै आएको छ । यस्ताे सहयाेगले अभिभावकहरुलाई सहज भएकाेले याे संस्था निरन्तर लागू हुनुपर्ने जयपृथ्वी नगरपालिका ११ की वडासदस्य काली देवी सार्कीले बताइन् ।

सरकारकाे नजर नपुगेकाे याे विद्यालय दुई काेठे अस्थायी सिकाई केन्द्र निर्माण भएपछि विद्यार्थी र अभिभावकहरुलाई सहज हुने र पछिल्लो दिनहरूमा पनि संस्था र विद्यालयबीच निरन्तर रुपमा सहयोग मिले शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्न सकिने स्थानीयहरूकाे भनाइ रहेको छ ।

प्रतिक्रिया