‘यो सोझो पल्कियो’ मा पल शाह र एरोना मल्लको रोमान्स (भिडियाेसहित)

काठमाडौं । गायक किरण गजमेर र गायिका उषा गजुरेलको युगल आवाज रहेको ‘यो सोझो पल्कियो’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा संगीतकार श्रीकृष्ण बम मल्लको शब्द रचना र संगीत रहेको छ भने कृष्ण विक (भान्जा) ले संगीत संयोजन गरेका हुन् ।

केही दिनअघि ‘उषा गजुरेल’ नामको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मनोजराज भण्डारीको निर्देशन रहेको छ भने सुरेश पाण्डेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन, मनोजराज भण्डारीकै सम्पादन तथा मनोरञ्जन श्रेष्ठको रङ संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा नायक पल शाह र नायिका एरोना मल्लको अभिनय रहेको छ । गीतको भिडियोमा अभिनयमार्फत नायक शाह र नायिका मल्लको रोमान्स देख्न सकिन्छ । गीतको शब्दमा माया प्रेमका प्रसंगसहित अन्य पाटोलाई पनि समावेश गरिएको संगीतकार श्रीकृष्ण बम मल्लले बताए ।

उनले शब्द रचना र संगीत भर्नुका साथै आवाजसमेत दिएका यसअघिका धेरै गीतहरु चर्चित छन् । संगीतकार मल्लले संगीत गरेको यसअघिको गीत ‘डाँडा घरे साइँली’ अहिले पनि चर्चामै छ ।

प्रतिक्रिया