डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिविबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य शुरु भएको छ । आज एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस) का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार दुबै संस्थाहरुले शैक्षिक र कौशलबीचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन् ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न सकिने बताईन् । मन्त्री शर्माले भनिन्, ‘आईटीको नयाँ विषयहरुलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन् । आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं । र त्यो सम्भव छ भन्ने देखिएको छ ।’

यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिवला भुसालले बजारमा के भईरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए । उनले भने, ‘मार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ । यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाईरहेको बेलामा विद्यार्थीहरुलाईसहयोग गर्नेछ । बढी भन्दा बढी विद्यार्थीहरु सहभागी गर्नसकियोस् ।’

कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरुका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए । ‘हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुबै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरुलाई आफ्ना उत्पादनहरुलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ’ डिईएसका अध्यक्ष अर्यालले भने ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाईला भएको बताए । ‘अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ । एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो। यसलाई न्यूनिकरण गर्न सबैले मिलेर जानुपर्छ ।’ त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सायमीले भने।

कार्यक्रममा ग्लोबल डिईएसका प्रमुख समिर थापाले यो सहकार्यको बारेमा प्रस्तुती दिएका थिए । उनले शिक्षा र सिपमा किन भिन्नता छ भन्ने बारेमा जानकारी दिएका थिए । यसका साथै नेपालको आईटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तरको सिप र क्षमतामा पहुँच नभएको बताए। उनले यसलाई परिमार्जन गरेर विश्वबजार अनुकुल सिलेबस तयार पार्ने र त्यसलाई नियमित परिमार्जन गर्न सुझाब समेत दिए ।
कार्यक्रममा बालकृष्ण सुवेदी सुनिल पाण्डेलगायतले यस कार्यक्रमको उद्देश्य र यसले दिने अवसरहरुको बारेमा आफ्ना धारणा राखेका थिए ।

समझदारी अन्तरगत दुवै संस्थाहरुले गर्ने प्रमुख कामहरू यस्ता छन्:

समुदाय,सरकार र उद्योग साझेदारी: (Community , government and Industry Partnerships)

  • उद्योग, व्यापार, समुदायर सरकारि संस्थाहरूसँग मजबूत साझेदारी स्थापित गर्ने र पाठ्यक्रम विकास, इन्टर्नशिप अवसर, र रोजगारप्राप्ति गर्नका लागि सहयोग गर्ने।
  • उद्योग विशेषज्ञहरू, अतिथि, वक्ता, मेन्टरवा सल्लाहकारलाईसंलग्न गर्ने।

इन्डस्ट्रीसम्बन्धित पाठ्यक्रम: (Industry-Relevant Curriculum)

-इन्डस्ट्रीको वर्तमान र भविष्यका आवश्यकताहरूसँग मेल खाने पाठ्यक्रमहरू तयार गर्ने र नियमित रूपमा update गर्ने।

  • उद्योग विशेषज्ञहरूसँगसहकार्यगरिआउने चुनौतीहरू पाहिचानगारिरव्यवसायिक बजारमा आवश्यक skills हरूपरिचालनगर्ने।

व्यावसायिक अनुभव प्राप्ति: (Practical Learning Opportunities)

  • स्थानीय ज्ञानतथा वास्तविक अनुप्रयोगबीचको अन्तर बुझाउनका लागिइन्टर्नशिपर परियोजना प्रदान गर्ने।
  • स्थानीय विशेष (Locally specialized) मा परिचित उपकरणहरू छानबिन गरि प्रयोग गर्ने ।

प्राविधिक एकीकरण: (Technology Integration)

  • शिक्षा वातावरणमा कटिङ-एज उपकरणहरू प्रयोग गरिविश्वसनीय प्रायोजन निर्माण गर्ने।
  • डिजिटल नागरिक र प्राविधिक कौशलमा शिक्षा प्रदान गर्ने।

कुशल कौशलविकास: (Soft Skills Development)

-संवाद,साझेदारि, मौलिक विचार,सामर्थ्य वृद्धि गराउनका लागि एसोसिएटेड परियोजनाहरू प्रदान गर्ने।

  • व्यक्तिहरूको सामाजिक र समस्यात्मक (Problem solving) सिकाइलाई बढावा गर्नका लागि अनुभवात्मक शिक्षा विधिहरू समाहित गर्ने।

आजीवन शिक्षा पहल: (Lifelong Learning Initiatives)

  • जीवनभर शिक्षाताथासांस्कृतिको प्रोत्साह गर्ने।
  • पार्ट-टाइम वा अनलाइनपाठ्यक्रमसम्बनधितकार्यक्रमहरूसुरु गरि पेशवर क्षेत्रमा काम गर्न वा गर्न चाहनेलाइसुविधा प्रदान गर्ने।

उद्यमिता शिक्षा: (Entrepreneurial Education)

  • उद्यमितार नयाँ खोज-अनुसन्धानलाइप्रोत्साहन गर्ने पाठ्यक्रमहरू सुरु गर्ने।
  • उद्यमी विचारहरू र व्यपार विकसित गर्नका लागि आवश्यकसाधन र मेन्टरप्रदान गर्ने ।

नियमित प्रतिपुष्टि र सुधार:(Continuous Feedback and Improvement:)

  • विद्यार्थी, पूर्व-विद्यार्थी र रोजगारदाताहरूबाट नियमित प्रतिपुष्टि (Feedback) हासिल गरि, योजनाहरूको लागि क्षेत्रीय आवश्यकताहरूको पहिचान गर्ने ।
  • उद्योगका आवश्यकता, प्रविधिको बढ्दो बजारमा निरन्तररूपान्तरण गर्दै, प्रगामी र अनुकूल बन्ने प्रोग्रामहरूसुरु गर्ने ।

समाज र पहुँच:(Inclusivity and Access)

  • शिक्षा, सुविधाहरूमापहुँच पुर्याइसामाजका असमानताको हल गर्नका लागि पहल गर्ने ।

प्रतिक्रिया