रारामा सुटिङ भएको पहिलो देउडा गीत ‘सम्झ्या मात्र नरोया’ सार्वजनिक

मुगु । नेपालकै ठूलो र गहिरो ताल राराको सेरोफेरोमा पहिलो पटक देउडा गीत सुटिङ गरिएको छ । पछिल्लो समय एकपछि अर्को राम्रा–राम्रा सृजना बजारमा पस्किँदै आएका गायक, गीतकार, संगीतकार, साहित्यकार हिक्मत शाही क्षितिजको शब्द र संगीत रहेको ‘सम्झ्या मात्त नरोया’ बोलको देउडा गीतको सार्वजनिक गरिएको छ ।

उक्त देउडा गीतमा अहिलेकी चर्चित बालगायिका पूजा देवकोटा र नवोदित गायक धिरज सिंहको सुमधुर स्वर रहेको छ । स्वर्गकी अप्सरा रारा तालमा छायांकन भएको सो गीतमा अभिनयतर्फ हिक्मत शाही क्षितिज, सैलेश हमाल सिर्जना गिरीको रहेको छ भने क्यामरामा उब्जन युके र निर्देशन स्वयम हिक्मत शाहिले गरेका छन् ।

रारा तालमा आउने पर्यटकलाई दिइने सम्मान, सत्कारका साथै माझी दाइको जिन्दगीको कथा यस गीतको भिडियो कथा देख्न सकिन्छ । हिक्मत शाहीको आफ्नै युट्युब च्यानल ‘हिक्मत शाही क्षितिज’मार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा कर्णाली र सुदूरपश्चिममा गाइने टिपिकल देउडा गीत रहेका छन भने गितका शब्दहरु पनि खस भाषामा चलन चल्तिका छन् ।

मनोरञ्जन मात्र नभएर राराको पर्यटन, विकास, प्रवर्द्धन, प्रचारप्रसारमा समेत टेवा पुगोस् भनेर राराकै सेरोफेरोमा ‘सम्झ्या मात्र नरोया’ बोलको गीत धेरै दुःख कष्ट गरेर सुटिङ गरिएको हिक्मत शाहीले बताए । गीतको सुटिङमा दुई दर्जन जनाले देउडा खेलेका छन् ।

प्रतिक्रिया