अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन : बाइडेन

वासिंगटनं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने बताएका छन् । ताइवानको निर्वाचनमा स्वतन्त्रतावादी नेता राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले यस्तो टिप्पणी गरेका हुन् । शनिबार विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सत्तारूढ डेमोर्क्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)का नेता हुन् । उनको जितसँगै डीपीपी ताइवानमा लगातार तेस्रो कार्यालयका निम्ति सत्तामा पुगेको हो ।

ताइवानको चुनावी नतिजाबारे प्रतिक्रिया दिँदै बाइडेनले शनिबार भने, “हामी (ताइवानको) स्वतन्त्रतालाई समर्थन गर्दैनौँ…।” अमेरिकाले सन् १९७९ मा ताइवानसँगको सम्बन्ध अन्त्य गर्दै चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । अमेरिकाले ताइवानलाई स्वतन्त्र मुलुकका रूपमा समर्थन गर्दैन । तर, अमेरिकाले चीनविरुद्ध अडिग रहन समर्थन र ताइवानलाई रणनीतिक एवं सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया