एकीकृत समाजवादीनिकट प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा मोहमद

दोहा । नेकपा (एकीकृत समाजवादी)को प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कतारको छैठौं राष्ट्रिय अधिवेसन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधी सभाका सांसद राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय अधिवेशन शनिवार दोहास्थित क्राउन प्लाजामा सम्पन्न भएको हो । अधिवेशनले मोहमदमुक्तादा मुसलमानको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

एकता मञ्चको उपाध्यक्षमा नन्द प्रसाद ढुंगाना र रामकुमारी तामाङ, सचिवमा रुकबहादुर रानाभाट, उप–सचिवमा सुरज बुढाथोकी, एकराज कटवाल र सपना महर्जन सहित ४१ सदस्यीय राष्ट्रिय कमिटी चयन गरेको निवर्तमान अध्यक्ष गणेश ढकालले जानकारी दिए ।

त्यस्तै अधिवेशनले नव निर्वाचित कमिटीको बैठकबाट निवर्तमान अध्यक्ष गणेश प्रसाद ढकालको अध्यक्षतामा १२ सदस्यीय सल्लाहकार परिषद् समेत गठन गरेको छ । जसको उपाध्यक्षमा खगराज खराल (मामायासिन) र सचिवमा मिनराज वाग्ले रहेका छन् । त्यस्तै बैठकले निर्वाचन, लेखा परिक्षण र अनशासन कमिटी समेत गठन गरिएको ढकालले जनाए ।
अधिवेसनबाट सर्बसम्मत चयन गरिएको पदाधिकारी सहितका सदस्यहरुलाई प्रमुख अतिथि पाण्डेले सपथ ग्रहण गराएका थिए । उक्त अधिवेशनमा पार्टी केन्द्रीय सचिव रामकुमारी झाँक्री र स्थायी कमिटी सदस्य एवं पार्टी प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया