सुनिल र दिक्षाको आवाजमा लोकदोहोरी गीत ‘चुलेसी’

काठमाडौं । लोकदोहोरी गायक सुनिल बिसी र गायिका दिक्षा सुनारको युगल आवाजमा ‘चुलेसी’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

केही दिनअघि ‘सुनिल बिसी अफसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायक बिसीकै शब्द रचना रहेको छ भने उमर खानको संगीत तथा सुनिल परियारले संगीत संयोजन गरेका हुन् । मारुनी डिजिटल स्टुडियोमा गीत रेकर्डिङ गरिएको गायक सुनिलले जानकारी दिए ।

त्यस्तै भिडियोमा उक्त गीतकै संगीतकार उमर खानको निर्देशन रहेको छ भने सन्तोष कटुवालको छायांकन तथा समिर रमदानको भिडियो सम्पादन रहेको छ । उक्त भिडियोमा उमर खान र सविता माझीले अभिनय गरेका छन् । गीतको भिडियो विदेशका विभिन्न स्थानमा छायांकन गरिएको गायक बिसीले जानकारी दिए ।

गीतको शब्दमा माया प्रेमका विविध प्रसंगलाई उठान गरिएको र भिडियो पनि सोही अनुरुप तयार गरिएको उनको भनाई छ । प्रत्यक्ष (लाइभ) दोहोरीमा समेत गीत गाउन अब्बल मानिने गायक बिसीले अन्य गीतहरु पनि बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

‘यो ‘चुलेसी’ गीतमा युवार युवतीबीचका विभिन्न माया प्रेमका प्रसंग उठान गरिएको छ’, उनले भने, ‘अब बजारमा आउने तयारीमा रहेका गीतहरु पनि यस्तै माया प्रेमलगायत घरायसी प्रसंगलाई समेत उठाउने प्रयास गरिएको छ ।’ यसभन्दा अगाडि पनि आफूले धेरै गीतहरु बजारमा ल्याएर सफलता हासिल गरेको गायक बिसीको भनाई छ ।

प्रतिक्रिया