वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले २० वटा पशु चौपाया बरामद गरेको छ । पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाबाट २० वटा पशु चौपाया सशस्त्र प्रहरीले बरामद गरेको हो ।
ससशस्त्र प्रहरी बल नं १३ गण पर्साबाट खटिएको गाडी मोवाईल टोलीलाई देखी भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ४ लाख ५१ हजार बराबरको भैसी-११ र पाडा-९ गरी जम्मा २० वटा पशु चौपाया छाडेर तस्करहरू भागेका थिए ।
उक्त पशु चौपाय नियन्त्रणमा लिएको वीरगञ्ज भन्सार कार्यालयको रोहबरमा लिलाम गरिएको ससशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सुचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया