घरको भुक्तानी माग गर्दै आजपानिकट दलित मोर्चाद्वारा गौरमा प्रदर्शन

रौतहट । आम जनता पार्टी (आजपा) निकट आम दलित मोर्चाले आईतवार रौतहटको सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठागा दाषको नेतृत्वमा गौरमा बिरोध प्रदर्शन भएको हो ।

पलेकार्ड सहित प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीहरुले बनेको घरको भुक्तानी गर तथा अधुरो घरको निर्माण कार्य पुरा गर जस्ता किसिमका नारा लगाएका थिए ।

दलित आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको घरको भुक्तानीको माग गर्दै दलितहरुले गरे प्रदर्शन हुन् । मौलापुर नगरपालिकाका आवास पीडीत दलितहरुले आफ्नो निर्माणाधीन घरको भुक्तानीको लागि आज गौरमा प्रदर्शन सहित स्थित प्राविधिक कार्यलय घेराउ समेत गरेका हुन् ।

मदेश प्रदेश सरकारद्वारा जनता आवास कार्यक्रम अन्तर्गत २०७८ मै बनाउन शुरू गरेका घरहरु अझैं अधुरा छन् । घर निर्माण भएको भुक्तानी हालसम्म नपाएको र निर्माणाधीन घरको काम पनि रोकिएकोले पीडीतहरुले प्रदर्शन गरेका हुन । मौलापुर नगरपालिका अन्तर्गत मात्रै ५० जना भन्दा बढी पीडित रहेको अध्यक्ष दासले बताए ।

प्रतिक्रिया