वीरगञ्ज । गाँजाखेती पर्सा प्रहरीले फडानी तथा नष्ट गरेको छ । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा ठोरी गाउँपालिका वडा ५ स्थित ठोरी तथा सुवर्णपुमा अवैध रुपमा लगाएको गाँजा खेती फडानी तथा नष्ट गरको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको L.R.P. चेकिङ टोली तथा मातहत ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको ३० जनाको संयुक्त प्रहरी टोलीले ठोरी तथा सुवर्णपुमा अवैधरूपमा लगाइएको २ कठ्ठामा ७०० (सातसय) गाँजाका बोट फडानी तथा नष्ट गरेको हाे ।
गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया