बारा । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन जिल्ला कार्यसमितिमा पुनः अध्यक्ष पदमा बृजकिशोर प्रसाद यादव उर्फ भगत जी निर्विरोध निर्वाचित भएका छ्न् । शनिवारदेखि सुरू भएकाे साधारण सभाले नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
त्यस्तै उपाध्यक्षमा शिवपुजन ठाकुर, सचिवमा दिनेशप्रसाद पटेल कोषाध्यक्षमा प्रमानन्द प्रसाद पटेल र सह-कोषाध्यक्षमा दिनेश कुमार मन्डल र सह-सचीवमा बिनोदलाल कर्ण निर्विरोध निर्वाचित भएका छ्न् ।
आज दिनभरीको कसरतले सहमति गर्न सफल भएको बन्द सत्रका निर्वाचन अधिकृत एवं कानुन विज्ञ शिव पुजन प्रसाद यादवले जानकारी गराएका हुन ।
बाँकी ७ जना सदस्यपदको लागि भोलि बिहान ९ बजे सहमति मै कार्यसमिति चयन हुने उनले जानकारी गराए । सदस्य पदका लागि १६ जनाले उम्मेद्बारी दिएको समेत उनले जानकारी गराए ।
प्रतिक्रिया