वीरगञ्ज। लागु औषध गाँजाको धुलोसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका ५ महुवन चोकस्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डबाट लागु औषध गाँजाको धुलोसहित दुई जना पक्राउ परेका हुन् ।
बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जादै गरेको बा.प्र.०३-००१ च.१५४०नं. को पिकअप भ्यानलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिोेचएको लागु औषध गाँजाको धुलो प्लाष्टिकमा टेपले बेरीएको ४२ पोका अं.४२ किलो फेला पारेकाे थियाे । पिकअप चालक मकवानपुर भिमफेदी ९ स्यारसे बस्ने बर्ष ३४ को सुमन ब्लोन र पर्सा पटेर्वासुगौली ४ बस्ने बर्ष ४० को बिनोद रामलाई प्रहरीले पक्राउ गरेकाे छ ।
उनीहरू लाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया