डेनमार्कका नयाँ राजा क्राउन प्रिन्स फ्रेडरिक

डेनमार्कं । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा डेनमार्ककी रानी मार्गरेट द्वितीयले गद्दी त्याग्ने घोषणा गरेकी छन् । विश्वकै बहालवाला एक मात्रै महारानी एवं युरोपमा सबैभन्दा लामो समय शासन गर्ने जिवित व्यक्तिका रुपमा रहेकी मार्गरेट द्वितीयले जनवरी १४ मा पद त्याग्ने भएकी हुन् । रानी बनेको ५२ वर्ष पुगेको अवसरमा उनले महारानीको पद त्याग गर्न लागेकी हुन् ।

टेलिभिजनमार्फत संबोधन गर्दै उनले भनिन्, ‘म सिंहासन मेरो छोरा क्राउन प्रिन्स फ्रेडरिकलाई दिँदै छु ।’ डेनमार्ककको राजा बन्नै लागेका क्राउन प्रिन्स फ्रेडरिकले सन् १९९५ मा आरहस विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । डेनमार्कमा विश्वविद्यालय शिक्षा पूरा गर्ने उनी पहिलो शाही शासक बनेका थिए । आफ्नो अध्ययनको क्रममा उनले संयुक्तराज्य अमेरिकाको हार्वर्डमा पनि समय बिताएका थिए ।

प्रतिक्रिया