मधेस । मधेस प्रदेशको रौतहटमा जिपीएल क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम गौरमा पहिलो पटक गौरी शंकर यादव प्रिमियर लिग (जिपीएल) सुरु हुने भएको हो । आगामी पुष १७ गतेदेखि प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा गौरका ९ टिमको सहभागिता रहने छ ।
गौरीशंकर यादव प्रतिष्ठानले शनिबार गौरको साइमन होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका कार्यक्रम सार्वजनिक गरेको छ । नगर क्षेत्रमा रहेका क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसायी एवं गुणस्तरीय खेलाडी उत्पादनको लागि जिपीएलको सुरुवात गर्न लागेको प्रतिष्ठानका अध्यक्ष मोहन यादवले बताए ।
प्रतियोगितामा सहभागी गौरका ९ वटै वडाका टिमको लोगो र जर्सि सार्वजनिक गरिएको छ । जिपिएलमासहभागी टिमहरु क्रान्तिद्वार ११, बानेश्वर ११, शिवगंगा ११, सोवर्णामाई ११, बरहवा ११, सबगढा ११, सिसवा ११, दरवार ११, सिर्सिया ११ को सहभागीता रहेको आयोजक समितिका संयोजक गौतम श्रेष्ठले बताए । जिपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच फि समेत उपलब्ध गराइने व्यवस्था गरिएको उनले बताए ।
प्रतियोगितामा क्रिकेट एशोसियसन अफ नेपालबाट मान्यता प्राप्त अम्पायर तथा स्कोररलाई प्रयोग गरिने समेत उनले बताए । प्रतियोगिता अवधीभरीमा खेलाडीहरु अनुशासित रहन आग्रह गर्दै यदी कुनै खेलाडी खेलभावना विरुद्ध कुनैपनि कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने समेत श्रेष्ठले बताए ।
प्रतियोगिताका प्रत्येक म्यान अफ दि म्याच खेलाडीलाई नगद १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारको व्यवस्थापन गरिएको छ । क्यानको नियम कानूनलाई अंगिकार गर्दै गौरीशंकर यादव प्रिमियर लिग (जिपीएल) सञ्चालनको आवश्यक सबै तयारीहरु अन्तिम चरणमा पुगेको फाउण्डेशनका अध्यक्ष मोहन यादवले बताए । गौर नगरपालिकामा रहेका ९ वटा वडाका टिमहरु समावेश भएको र ११ दिनसम्म जिपीएलअन्तर्गत १९ वटा म्याच हुने प्रतिष्ठानका अध्यक्ष यादवले जानकारी दिए ।
सो पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रान्त नेपाल, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, अम्पायर सागर यादव, सहित सञ्चारकर्मीहरु तथा टिमका क्याप्टेनहरुको सहभागिता रहेको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया