तमु ल्होसारमा जालुमायाको कोसेली गुरुङ गीत ‘चु ल्होसारै आशिमला मु’

काठमाडौं । गायिका जालुमाया गुरुङले तमु ल्होसारको अवसर पारेर ‘चु ल्होसारै आशिमला मु’ बोलको गुरुङ गीत ल्याएकी छन् । उक्त गीतमा गायिका जालुमायालाई गायक चिज गुरुङले आवाजमा साथ दिएका छन् ।

चिज गुरुङकै शब्द रचना रहेको सो गीतमा गायिका जालुमाया आफैँले संगीत भरेकी छन् भने संगीतकार बीबी अनुरागीले संगीत संयोजन गरेका हुन् । यही पुस १५ गते परेको तमु ल्होसारको अवसर पारेर यस ‘चु ल्होसारै आशिमला मु’ बोलको गीत आमदर्शक स्रोतामाझ कोसेली स्वरुप युट्युबमार्फत सार्वजनिक गरेको गायिका गुरुङले बताइन् ।

उक्त गीतको भिडियोमा अमृत गुरुङ र लक्ष्मी गुरुङको मुख्य अभिनय रहेको छ भने बालकलाकारमा गायिका जालुमायाले छोरा आयुष गुरुङ र युषिका गुरुङको अभिनय रहेको बताइन् । कतिपय दर्शक स्रोताले गुरुङ भाषा नबुझ्ने भएकाले ‘चु ल्होसारै आशिमाला मु’ को अर्थ तमु ल्होसार अर्थात् नयाँ वर्षको सबैलाई शुभकामना भनेको उनले बताइन् ।

उक्त गीतको भिडियो जालुमाया गुरुङ नामको युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक भएको छ । लोभसन गुरुङले निर्देशन गरेको भिडियोलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका हुन् । यसअघि पनि धेरै गीतहरु बजारमा ल्याइसकेकी गायिका गुरुङ लाइभ दोहोरीमार्फत पनि परिचित छन् ।

प्रतिक्रिया