युक्रेनले क्रिमियामा रुसी जहाज ध्वस्त पार्यो

कीभ । युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभविरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ ।

वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

फिओडोसिया रूसी नौसेनाको कब्जा गरिएको क्रिमियन प्रायद्वीपस्थित आधासर शिविर हो । स्रोतले बताए अनुसार सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशंका गरिएको छ ।

वायुसेना कमान्डेन्ट माइकोला ओलेचचौकले फिओडोसियामा रहेको रुसी नौसैनिक आधारमा भएको ज्वलन्त विस्फोटको भिडियो पोस्ट गरेका छन् ।

प्रतिक्रिया