सिराहा । पछिल्लो समय सिराहा प्रहरीले लागु औषध नियन्त्रणका लागि सक्रियता देखाएका छन । जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका-४ खैरबोना चौकबाट लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छ्न् ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-९ सयपत्री रातमाटेका १९ वर्षीय चुडामणि राई र उदयपुर बोक्से-१० का ३३ वर्षीय जितबहादुर कटुवाल रहेका छ्न् ।
ईलाका प्रहरी कार्यालय महेशबारीले चेक जाँच गर्ने क्रममा उनीहरूले आफुले लगाएको ज्याकेट र अन्डरपैन्टमा लुकाइ छिपाइ राखेको अबस्थामा लागु औषध डाइजापाम ७०, फेनारगन ७०, ब्रुप्रेनोफाइन ७० गरि २१० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जना लाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पठाइएको ईलाका प्रहरी कार्यालय महेशवारीले जनाएको छ ।
प्रतिक्रिया