महाेत्तरी । सडकमा उडेको धुलोले जनजीवन अस्तव्यस्त बनेको भन्दै गौशालाका व्यवसायीहरुले वाटो बन्द गराएर विराेध जनाएका छन् । आईतबार गौशाला वजारदेखि जिरोमाईलचाेक जाने बाटो स्थानीयहरुले टायर बाली एक घण्टा अवरुद्ध गरेका हुन् । बजार भित्र प्रवेश गर्ने सवारी साधनको कारण अत्याधिक धुलोको उड्डे गरेकाेले आसपासको क्षेत्रमा बस्नका लागि सास्ती भएको भन्दै एक घण्टा सडक अवरुद्ध गरेको होटेल व्यवसायी मिर्चिलाल साहले बताए ।
स्थानीय मरहा नदीबाट ढुङ्गा, गिट्टी, बालुवाको ओभरलोड गरि टिफर चलेपछि त्यहीवाट निस्किने धुलोले मानव स्वास्थ्यमा प्रतिकुल असर परेता पनि सम्बन्धि सरोकारवाला निकाय अनविज्ञ भएपछि बाटो अवरुद्ध गरेको साहले जनाए । टिफरले ओभरलोड गरी बाटोभरी धुलोमय भए पनि ट्राफिक प्रहरी तथा नेपाल प्रहरी मुखदर्शक बनेको स्थानीय दिपक साहको भनाई छ ।
सवारीसाधनको बिलबुक समयसिमा समाप्त भएको कारण फाईन काट्ने तर टिफरले ओभरलोड गरि बाटोमा धुलो उडादै हिंडदा समेत ट्राफिक प्रहरी मस्त निन्द्रामा सुतेको कारण स्थानीयले सास्ती व्यहोर्नु परेको साहको आरोप रहेको छ । नगरपालिकाले राजस्व उसल्ने तर बाटो निर्माणमा कुनै किसिमको ध्यान नदिएको कारण स्थानीहरु व्यवसायी सिकेन्द्र साहले बताए ।
स्थानीयहरुले नगरपालिकालाई पत्रमार्फत जानकारी गराए पश्चात केही दिन पानी छर्किने तर पछि जस्ताको तेस्तै अवस्थामा छोडेपछि स्थानीयहरु बाटो अवरुद्ध गर्न बाध्य भएको किराना व्यवसायी सुनिता देवीले बताईन ।
यस विषयमा नेपाल प्रहरीको प्रयास पछि अवरुद्ध बाटाे खुलाइएकाे छ । प्रहरीकाअनुसार अहिले कार्यपालिका बैठक संचालन भएको कारण कुनै जनप्रतिनिधि आउन नसक्ने भएकोले हालको लागी बाटो अवरुद्ध हटाउन अनुरोध गरेपछि स्थानीयहरुले तत्कालको लागी बाटो सुचारु गरेका छन् ।
महाेत्तरी
प्रतिक्रिया