क्रिश्‍चियनको पक्षमा अभिव्यक्ति दिएको भन्दै पर्सामा मन्त्री किरातीको पुत्ला दहन

वीरगञ्ज । राप्रपा नेपाल पर्साले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेको छ । क्रिश्‍चियनको कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्‍चियनलाई मान्दिन भन्नु संविधान नमान्नु र संविधान नमान्ने देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाएर जेलमा हालिदिने हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यही अभिव्यक्तिको विरोधमा राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको निर्णय अनुसार राप्रपा नेपाल जिल्ला कार्यसमिति पर्साले मन्त्री किरातीले क्रिश्‍चियनको पक्षमा दिएको अभिव्यक्तिको विरोध गर्दै उनको पुत्ला दहन गरेको हो ।

‘क्रिश्‍चियनलाई मान्दिन भन्नु संविधान नमान्नु र संविधान नमान्ने देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाएर जेलमा हालिदिने हो’भन्ने अभिव्यक्तिपछि मन्त्री किरातीलको पुत्ला दहन गरिएको राप्रपा नेपालका केन्द्रिय सदस्य शम्भुप्रसाद चौरसियाले बताए ।

साथै सामाजिक सद्भाव बिथोल्ने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीमाथि कानूनबमोजिम कारवाही तथा राजिनामा समेत माग गरिएको छ ।

पुत्ला दहन कार्यक्रममा राप्रपा नेपाल पर्साका कार्यवाहक अध्यक्ष रोसन यादव, पार्टीका जिल्ला सचिव पवन प्रसाद साह, पार्टीका केन्द्रिय सदस्य पुनदेव यादव, केदार गौली, पार्टीका जिल्ला सदस्य दिपनारायण यादव, अनुरुध बैठा, साहेब राम, राजबाबु चौरसिया, तुलसी यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया