महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा आगजनी भएको छ ।
शनिबार बिहान ३ बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले उपमेयर महतो चढ्ने गाडीमा पेट्रोल छर्केर आगो लगाएर फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
उपमेयर महतो चढ्ने प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । उनको गाडी गौशाला नगरपालिका– १ रामनगरस्थित आफ्नै निवासमा पार्किङ गरी राखिएको थियो ।
आगजनीबाट गाडी र पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महाेत्तरी
प्रतिक्रिया