कुर्मीको अध्यक्षतामा राप्रपाको कलैया वडा कमिटी गठन

बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कलैया वडा कमिटी गठन गरिएको छ । शनिबार कलैया उपमहानगरपालिका– २३ भतौडा टोलमा २५ सदस्यीय वाड कमिटी गठन गरिएको हो ।

सो कमिटीको अध्यक्षमा रामदेव राउत कुर्मी, उपाध्यक्षमा भरत महतो कोइरी, सचिवमा ॐ प्रकाश साह कानु, सहसचिवमा रघुनाथ दुबे, कोषाध्यक्षमा मन्शी राउत कुर्मी र सदस्यहरूमा इश्वर साह कानु, विश्वनाथ साह कानु, महिला सदस्यमा मेनवा देवी कनुइन, चन्दा देवी चमइन, पतिया देवी चमइन, गोरियादेवी चमइन, शान्ति देवी चमइनलगायत २५ सदस्यीय कमिटी गठन गरिएको हो ।

राप्रपा पार्टीका जिल्ला अध्यक्ष महाबिर प्रसाद यादवको सभापतित्वमा उक्त वडा कमिटी गठन गरिएको हो । कमिटी गठन कार्यक्रममा राप्रपा पार्टीका क्षेत्र नं. ४ का अध्यक्ष जलिल देवान, क्षेत्र नं. २ (क) का अध्यक्ष बनारसी कुशवहा, कलैया उपमहानगरपालिकाका अध्यक्ष देवनारायण साहलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव लालबाबु साहले गरेका थिए ।

प्रतिक्रिया