गौशालास्थित साना किसान सहकारीकाे ९औँ सधारणसभा सम्पन्न

महोत्तरी । साना किसान सहकारी संस्था लिमिटेड कान्तिवजारको गौशाला शाखाले ९औं सधारणसभा सम्पन्न गरेको छ । वुधबार गौशालास्थित कभर्डहलमा आयोजित एक समारोहकाबीच सो सधारणसभा सम्पन्न गरेको हो । गौशाला नगरपालिकाको उपमेयर रेणु महतोको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष हरिहर सिंहको अध्यक्षतामा सम्पन्न भएको सो सधारणसभाका बीच वक्ताहरुले सहकारीले अर्थतन्त्रमा पुर्याएको भुमिकाको विषयमा चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी अभियन्ता रामचन्द्र सिंह कुशवाहाले सहकारीमा आवद्ध हरेक सदस्य समानरुपमा मालिक रहेकोले यसलाई सवल बनाउनका लागि सवैको उतिकै भुमिका रहेको धारणा राखे । खारेजी प्रक्रियाको अन्तिम चरणमा रहेको साना किसान कृषि सहकारी संस्था अहिले सबैकाे सहयोग र शुभेच्छाकै कारण कम समयमा सफल भएको उनले धारणा राखेका थिए । उनले तीनैतहका सरकारवाट यस्ता सहकारीहरुको संरक्षण र व्यवस्थित बनाउनका लागि सहयोगात्मक भुमिका निर्वाह गरिदिनका लागि आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गौशाला नगरपालिकाकी उपमेयर रेणु महतोले सहकारीमैत्री नगर बनाउनका लागि आफु प्रतिवद्ध रहेको बताइन् । यस सवालमा आफुले वारम्बार नगरपालिकाको विभिन्न समयमा आयोजित कार्यक्रम लगायतका अन्य वैठकमा जोडताडको साथ आवाज उठाउदै आएको उनले जानकारी दिईन् । संस्थाको नियमितता प्रदान गर्नका लागि समय समयमा नियमन, अनुगमन र व्यवस्थापनको पक्षमा सवैको सकारात्मक भुमिकाको आवश्यकता रहेकोले यसप्रति सवैको ध्यान जानु आवश्यक रहेको उपमेयर महतोको भनाई रहेको थियो ।

कार्यक्रमकाबीच सो सस्थामा नियमित तवरले विना तकेदा बैठकमा उपस्थित भई ऋण चुक्ता गर्ने २२ जना ऋणीहरुलाई पुरुस्कृत गरेका थिए । त्यस्तै अधिकतम पुँजी भएका ३ जना सेयरधनीलाई समेत पुरुस्कृत गरिएको संस्थाका प्रवन्धक रामदयाल महतोले बताए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया