‘सत्य जीवन’मा शिसिर र जुनाको भोगाई

काठमाडौं । लोकगायक कुशल बेलवासे र गायिका शान्तिश्री परियारको युगल आवाज रहेको ‘सत्य जीवन’ नामक गीत र भिडियो बजारमा आएको छ । उक्त गीतको भिडियोमा मोडल शिसिर पौडेल र जुना कार्कीले अभिनय गरेका छन् ।

हरेक मानीसको सत्य जीवन र भोगाइलाई गीत तथा भिडियोमार्फत दृष्टित गरेर बजारमा ल्याइएको मोडल पौडेलले बताए । ‘हरेक मानीसको जीवन र सत्यको भोगाई हुन्छन्,’ उनले भने, ‘त्यही सत्य जीवनको भोगाइलाई गीतको शब्द र भिडियोमा उतारीएको छ ।’

प्रदीप खनालले शब्द रचना गरेको उक्त गीतमा गायक कुशल बेलवासेकै संगीत रहेको छ भने सुनिल परियारले संगीत संयोजन गरेका हुन् । त्यसैगरी भिडियोमा जेरी भण्डारीको निर्देशन रहनुका साथै अमृत चापागाइँको सम्पादन रहेको छ ।

प्रायः सेन्टिमेन्टल गीतका भिडियोमा अभिनय गर्दै आएका शिसिरले आगामी दिनमा पनि थप अन्य भिडियोहरु ल्याउने तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया