प्रदेशस्तरीय महिला क्रिकेट : रौतहट र बारा विजयी

रौतहट । मधेश प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगितामा आइतबार रौतहट र बारा विजयी भएका छन् । प्रतियोगितामा आइतबार दुईवटा खेल भएका थिए । पहिलो खेल रौतहट र महोतरीबीच भएको थियो । रौतहटले टस जितेर क्षेत्ररक्षण गर्ने निर्णय गरेको थियो । ब्याटिङ गर्न उत्रेको महात्तरीको टिमले निर्धारित १३ ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै ४५ रन बनायो ।

जवाफमा रौतहट टिमले ४६ रन बनाउँदै विजयी भएको थियो । खेलमा मैन अफ द म्याच भूमिले ३ ओभर बलिङ गर्दै १ विकेट हात पारेकी थिईन् ।
यता दोस्रो खेलमा बारा र सर्लाहीबीच भएको थियो । जसमा बाराले जित हात पारेको छ । बाराको टिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । बाराले निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।

१ सय २२ रनको लक्ष्य पाएको सर्लाही टिमले निर्धारित १५ ओभर खेल्दै मात्र ७५ रन बनाउन सक्यो । उक्त खेलमा सर्लाही विजयी भएको हो । सोमबार सप्तरी र महोत्तरी तथा सिरहा र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रधानमन्त्री कप टि—२० महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश टिमको खेलाडी छनौट गर्न उक्त प्रतियोगिता भईरहेको छ । प्रतियोगिता मंसिर २८ गते सम्म चल्ने प्रतियोगिताका संयोजक गौतम श्रेष्ठले जानकारी गाराए ।

प्रतियोगिताका सबै खेल रौतहट जिल्ला क्रिकेट संघको खेल मैदान गौर राइस मिलमा चलिरहेको छ । उक्त प्रतियोगितामा रौतहट, सर्लाही, बारा, महोतरी,सिरहा र सप्तरी गरी ६ जिल्लाका महिला खेलाडी टिमको सहभागिता रहेको छ । पर्सा र धनुषामा महिला टिम नभएको कारणले दुइ जिल्लाको सहभागिता हुन नसकेको संयोजक श्रेष्ठको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया