मलंगवामा ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा शनिबारबाट ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु भएको छ । सर्लाही क्रिकेट संघको आयोजनामा प्रतियोगीता सुरु भएको हो । वडा नम्बर ८ को प्रायोजनमा सुरु भएको खेलको उद्घाटन वडाध्यक्ष मुकेशकुमार जयसवालले गरेका थिए ।

शनिबारको पहिलो खेल सगुन शिक्षा आवाशिय विद्यालय हरिवन र मद्मरत्न विद्या मन्दिर मलंगवाबीच भएको छ । सगुन शिक्षाले दिएको २० ओभरमा १४४ को लक्ष्यलाई पछ्याउँदै पद्मरत्नले १७ ओभर २ बलमा आफ्नो सम्पूर्ण विकेट गुमायो । पहिलो खेल सगुन शिक्षाले २६ रनले जितेको छ ।

यही २९ गतेसम्म चल्ने प्रतियोगीता वडा नम्बर २ स्थित कबड हलमा चल्ने छ । ७ वटा टिम सहभागी प्रतियोगीताको बिजेता टिमले रु १० हजार, कप र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले रु ७ हजार कप र प्रमाणपत्र प्राप्त गर्ने आयोजक टिमका सदस्य शंकर नरालले जानकारी दिए ।

प्रतिक्रिया