एसिया कप क्रिकेट : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई जितको लागि १५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनमा समेटिएको हो ।

दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।

नेपालका उत्तम थापा मगर ५१ रन बनाउँदा क्याच आउट भए । ७६ बलमा ३ चौका र २ छक्का हानेका उत्तम अमिर हसनको बलमा क्याच आउट भए । उत्तमले ३८‍३ ओभरमा ७० बलमा ३ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरे । ५९ बलमा २ चौका र १ छक्का हानेका दिपेश कँडेल मोहम्मद जेसनको बलमा साद वेगको हातबाट ३१ रनमा क्याच आउट हुन पुगे ।

एक समय १७ ओभरको समाप्तीमा ५–४६ को संकटपुर्ण अवस्थामा रहेको नेपालका लागि दिपेश कँडेल र उत्तम थापा मगरले महत्वपुर्ण साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए । छैटौँ विकेटका लागि उत्तम थापा मगर र दिपेश कडेलले १ सय बलमा ६८ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए ।

पाकिस्तानविरुद्ध नेपालका तीन ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके । गुल्सन झा र विशाल विक्रम केसी १ रनमा आउट भए । कप्तान देव खनाल र विकेटकिपर विपिन रावल शून्य रनमा पवेलियन फर्के। तिलकराज भण्डारीले सात र आकाश त्रिपाठीले ६ रन थपे ।

ओपनर अर्जुन कुमाल ३७ बलमा ३ चौका हान्दै २१ रन बनाउँदा मोहम्मद जेशनको बलमा साद वेगको हातबाट क्याच आउट भए । १२औँ ओभरको चौथो बलमा १३ बलको सामना गरेका देव मोहम्मद जेशको बलमा अलि अस्फानको हातबाट क्याच आउट हुन पुगे । अनुभवी खेलाडी गुल्सन झा १ रनमा बोल्ड आउट भए ।

आठौँ ओभरको चौथो बलमा आकाश त्रिपाठी ६ रन बनाउँदा उबैद शाहको बलमा एलबीडब्लु धरापमा परे ।नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको थियो । ७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट भए । आकाश चन्द ५ रनमा आउट भए । सुवास भण्डारी ८ रनमा नटआउट रहे ।

प्रतिक्रिया