आजदेखि सौर्य दैनिकको मधेस संस्करण

काठमाडौं । सौर्य राष्ट्रिय दैनिकले आज शुक्रबारदेखि ‘मधेस संस्करण’ सुरु गरेको छ । संघीयताको मर्म र भावनालाई व्यवहारमै लागू गर्ने उद्देश्यले मधेसका गतिविधि र मुद्दाहरूमा थप केन्द्रित हुन प्रथम चरणमा मधेस प्रदेश संस्करण सुरु गरिएको सौर्य दैनिकको प्रकाशन संस्था सृजना इन्टरनेशनल मिडिया प्रालिले जनाएको छ ।


हाललाई नियमित अंकमै पृष्ठ समायोजन गरी प्रकाशित हुने यस्तो संस्करण अतिरिक्त पृष्ठसहित अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको प्रकाशन संस्थाले जनाएको छ । विगत १२ वर्षदेखि नियमित प्रकाशित हुँदै आएको सौर्य राष्ट्रिय दैनिकको यो पहिलो प्रादेशिक संस्करण हो ।

प्रतिक्रिया