काठमाडाैं । नव विकास बचत तथा ऋण सहकारी संस्था चन्द्रपुरले स्थापना दिवसको पूर्वसन्ध्यामा शुक्रबार चन्द्रनिगाहपुर चौकमा रक्तदान कार्यक्रम गरेको छ । चन्द्रपुर ४ स्थित ज्योति विकास बैकको अगाडीको प्रागणमा भएको रक्तदान कार्यक्रम भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गौरको प्रविधिक सहयोग तथा उपशाखा चन्द्रपुरको समन्वयमा रक्तदान भएको छ ।
संस्थाका सेयर सदस्य यहाँका यूवा, शिक्षक तथा सर्वसाधरण गरी ५० जना भन्दा बढीले रगत दान गरेका हुन् । संस्थाको १६ औ स्थापना दिवसको अवसर पारेर उक्त रक्तदान कार्यक्रम गरिएको नव विकास बचत तथा ऋण सहकारी संस्थाका मुख्य व्यवस्थापक यज्ञ प्रसाईले बताए । उनका अनुसार मंसिर १० गते संस्थाको स्थापना भएको दिन हो । यस दिन सेयर सदस्यसंग अन्तरक्रिया र समिक्षाका कार्यक्रम राखिएको उनले जानकारी दिए ।
पछिल्लो दुई बर्ष देखि संस्थाको स्थापना दिवसको पूर्वसन्ध्यामा रतmदान कार्यक्रम गरिदैँ आएको उनले उल्लेख गरे । यसअघि अस्पतालका बिरामीलाई फलफुल बितरण, विभिन्न सामग्री वा उपकरण हस्तान्तरण लगायतका समाजिक क्रियाकलाप गर्ने गरेको उनले प्रष्ट पारे ।
यसअघि हिन्दु नारीहरुको पर्व तिजको अवसरमा दर खाने कार्यक्रम गरिएकोमा अव देखि महिला स्वास्थ्य शिविर हुने संस्थाका मुख्य व्यवस्थापक प्रसाईले बताए । संस्थाले सेयर सदस्यहरुको स्वास्थ्य बिशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले प्रत्येक बर्ष फागुनमा कान शिविर गर्ने गरेको बताए ।
प्रतिक्रिया